मानव अधिकारचोकमा रास्वपाको धर्ना: 'रवि दाई हाई हाई !’ (तस्बिरहरु)
पाेखरा | कात्तिक २१, २०८१

पोखरा: रास्वपाका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने पक्राउ परेदेखि आन्दोलनरत रहेको समर्थकहरुले आज पनि पोखराको मानवअधिकार चोकमा प्रर्दशन गरेका छन् ।
लामिछानेको रिहाइको माग गर्दै मानवअधिकार चोकमा शान्तिपूर्ण धर्ना बसेका हुन् ।
उनीहरुले आज भने कुनैपनि नाराबाजी गरेनन् ।
‘रवि दाई हाई हाई’, न्याय मार्न पाइदैन, मानव तस्करहरुलाई कारबाही गर, भ्रष्टहरुलाई कारबाही गर, सहकारी पीडितलाई न्याय दे, न्याय मार्न पाइदैन भ्रष्ट सरकार चाहिदैन’ लगायत नारा उल्लेखित प्लेकार्ड प्रर्दशन गरेका थिए ।
हिजो (मंगलबार) तेस्रो पटक कास्की जिल्ला अदालतले रवि लामिछानेलाई १५ गतेदेखि गणना हुने गरि फेरि १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको थियो ।
थप तस्बिरहरु:-
जुम्ला: जुम्लाको तिला गाउँपालिका–४ भोटचौरमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भोटचौरमा क १ ह ३१ नम्बरको अटो दुर्घटना हुँदा अटो चालक ४४ वर्षीय रणबहादुर कुँवरको मृत्यु भएको त...
काठमाडौं: सङ्घीय राजधानीको प्रदेशविन्दु नागढुङ्गानौबिसे सडक आजदेखि हरेक दिन दिउँसो साढे ४ घण्टा बन्द हुने भएको छ । नारायणगढ– मुग्लिन सडक योजना (पूर्वी खण्ड)ले आजदेखि यही जेठ २५ ग...
पोखरा: पोखरामा जारी नवौें प्रधानमन्त्री कप– एनभिए महिला तथा पुरुष भलिबल लिगको महिलातर्फको आजको पहिलो खेलमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई सोझो सेटमा पराजित गरेको छ । पोखरा र...