सवारी करबाट २ करोड १४ लाख राजस्व सङ्कलन
सप्तरी | कात्तिक १६, २०८१
FILED PHOTO
राजविराजस्थित यातायात व्यवस्था सेवा कार्यालयले आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा रु दुई करोड बढी राजस्व सङ्कलन गरेको छ ।
सवारीसाधन कर, नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र जारीबाट आव २०८१/८२ को साउनदेखि असोजसम्ममा रु दुई करोड १४ लाख छ हजार एक सय २० राजस्व सङ्कलन भएको कार्यालय प्रमुख कामेश्वर रोहिताले बताउनुभयो ।
सवारीसाधन करबाट रु एक करोड ३६ लाख पाँच हजार पाँच सय २५, यातायात क्षेत्रको आम्दनीबाट रु ६५ हजार नौ सय १० र सवारी दर्ता किताबापत रु २५ लाख ४३ हजार एक सय ८५ राजस्व सङ्कलन भएको छ ।
सवारी चालक अनुमतिपत्र बापत रु ९१ लाख ९१ हजार पाँच सय राजस्व सङ्कलन भएको छ ।
विसं २०७९ साउन ३१ गते सेवा प्रारम्भ भएको उक्त कार्यालयबाट आव २०८०/८१ मा रु १३ करोड ८५ लाख ५८ हजार एक सय ५१ राजस्व सङ्कलन भएको थियोभने २०७९/८० मा रु सात करोड ५६ लाख २५ हजार चार सय ७५सङ्कलन भएको थियो ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

