महानगरपालिका गेटमा मध्यरात एटीएम फोड्ने पुन पक्राउ
पाेखरा | साउन १, २०७९

पोखरा महानगरपालिकाको मूलगेटसँगै राखिएको एनआइसी एसिया बैंकको एटीएम (अटोमेटेड टेलर मसिन)बाट चोरी गर्ने उद्देश्यले मेसिन फोड्ने सिताराम पुन मगर (नारायण) पक्राउ परेका छन् ।
रोल्पाको सुनसरी गाउँपालिका स्थायी ठेगाना भएका १९ वर्षे पुनले शुक्रबार मध्यरातको साढे १२ बजे एटीएम मेसिन फोडेका थिए । मेसिन फोडेर फरार पुनलाई शनिबार सिआरभी प्रहरीले अमरसिंह आसपासबाट पक्राउ गरेको वडा प्रहरी कार्यालय बैदामका प्रमुख एवं डिएसपी युवराज भण्डारीले जानकारी दिएका छन् ।
पुनलाई सिसिटीभी फुटेजको आधारमा पहिचान गरी पक्राउ गरिएको हो । फुटेजमा देखिए अनुसार उक्त कार्यमा थप २ जनाको संलग्नता देखिएको छ । यद्यपि, उनीहरु पक्राउ परेका छैनन् ।
मेसिन तोडफोड गरेपनि नगद सुरक्षित रहेको डिएसपी भण्डारीले बताए । पुनलाई हाल जिल्ला प्रहरी कार्यालय कास्कीमा राखेर अनुसन्धान सुरु गरिएको छ ।
बागलुङ: बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...
गुल्मी: गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ । मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममाा सम्बोधन गर्न लागेकी हुन्। ...