फौजामगरको हत्या आरोपमा तीन जना पक्राउ
काठमाडाैं | असोज ३०, २०८१
काठमाडौंमा एक पुरुषको हत्या आरोपमा तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पाँचथर घर भई कपन बस्ने ३८ वर्षीय अमृत मगर, सिन्धुपाल्चोकका ३५ वर्षीय भुवन श्रेष्ठ र इलाम घर भई नयाँ बस्ती बस्ने २७ वर्षीया बिमला भट्टराई छिन् ।
गोकर्णेश्वर नगरपालिका–६ नयाँबस्ती लसलाइट स्कुल नजिकै मंगलबार दिउँसो सवा ३ बजे एक पुरूषमाथि उनीहरुले कुटपिट हत्या गरेको आरोप छ ।
मृत्यु हुनेमा कागेश्वरी मनोहरा नगरपालिका–९ बस्ने ४३ वर्षीय होमबहादुर फौजामगर छन् ।
मगरलाई नयाँबस्तीमा अचेत अवस्थामा फेला परेका थिए । उनलाई तत्कालै प्रहरी वृत्त बौद्धको टोलीले नारायणटारस्थित शंखरापुर अस्पतालमा पु¥याएको थियो।
उपचारको क्रममा उनलाई चिकित्सकले साढे ३ बजे मृत घोषणा गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए ।
उक्त घटनामा संलग्न तीन जनालाई पनि प्रहरीले मंगलबार राति नै पक्राउ गरेको एसपी अधिकारीले बताए ।
पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...
बन्दीपुर । पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ । गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...
पोखरा — नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

