आचार्यको आग्रह:  जनभावना बुझेर काम गर्नुहोस्

काठमाडाैं | साउन १, २०७९

आचार्यको आग्रह:   जनभावना बुझेर काम गर्नुहोस्


काठमाण्डौँ:    नेपाली कांग्रेसको केन्द्रीय सदस्य तथा सांसद मोहन आचार्यले जनसरोकारका विषयलाई प्राथमिकता दिन स्थानीय जनप्रतिनिधिलाई आग्रह गर्नुभएको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति रसुवाद्वारा स्थानीय तहको निर्वाचन २०७९ मा विभिन्न पदमा निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान गर्न धुन्चेमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले  सहभागितामै आयोजनाहरू अगाडि बढाउन जनप्रतिनिधिहरूलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो “स्थानीय सरकारसँग जनताका धैरै अपेक्षा हुन्छन् ।  गाउँको विकासलाई केन्द्रविन्दुमा राखेर योजना बनाउनुपर्छ । ”

 

कार्यक्रममा पार्टीका जिल्ला सभापति पेम्बा छिरिङ तामाङ, बागमती प्रदेशसभा सदस्यद्वय  प्रभात तामाङ र प्रेम तामाङ, लामा कार्पु तामाङ र उपेन्द्र लम्सालसहितका विभिन्न तहका नेता तथा कार्यकर्ताको उपस्थिति थियो । 

 

कार्यक्रममा उपस्थित नेताहरुले स्थानीय निर्वाचनको समीक्षा तथा आगामी सङ्घ र प्रदेशको निर्वाचन केन्द्रित रहेर सङ्ठन विस्तारलाई तीव्रता दिनुपर्ने धारणा राख्नुभयो ।

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले आफूहरू नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सँगको एकतामा सामेल नहुने घोषणा गर्नुभएको छ। आज यहाँ पत्रकार सम्मेलनको आयोजना...

थप पढ्नुहोस्

म्याग्दी:  म्याग्दीको मङ्गला गाउँपालिका–५ र बागलुङको ताराखोला गाउँपालिका–४ को सिमानामा रहेको तिनचुुलेको वराह तालमा प्रकृतिलाई खुसी पार्न तोरन तारिएको छ ।  म्याग्दीको अर्मन र बागलुङ...

थप पढ्नुहोस्

तनहुँ:  तनहुँको बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार ५८ वर्षीय खुसीमान गुरुङको कुटपिटबाट मृत्यु भएको हो । ...

थप पढ्नुहोस्