‘लेख्छ देशको खबर’ नारासहित आयो सुनगाभा न्यूज डटकम

काठमाडाैं | बैशाख ११, २०७९

‘लेख्छ देशको खबर’ नारासहित आयो सुनगाभा न्यूज डटकम


पोखराः भिजन गण्डकी नेटवर्क प्रालिले सुनगाभा न्यूज डटकम सञ्चालनमा ल्याएको छ ।

 

‘लेख्छ देशको खबर’ नारा सहित आज देखि आधिकारिक रुपमा न्यूज पोर्टल साइट सुनगाभा न्यूज डटकम सञ्चालनमा ल्याएको हो ।

 

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष  तथा वरिष्ठ पत्रकार नारायण कार्कीले पोखरा महानगरपालिका ९ पृथ्वीचोकस्थित पोखरामलमा रहेको कार्यालय सँयुक्तरुपमा उद्घाटन गरे । सो अवसरमा बोल्दै प्रमुख अतिथि समेत रहेकी भण्डारीले सफलताको शुभकामना व्यक्त गरिन् । 

 

उनले पछिल्लो समय पीत पत्रकारिता मौलाइरहेको उल्लेख गर्दै गुणस्तरीय र मर्यादित पत्रकारिता गर्न आग्रह गरिन् ।  अध्यक्ष भण्डारीले पोखराको पत्रकारीताको मात्रै नभइ केन्द्रको पत्रकारिताको समेत उदाहरण बन्नुपर्नेमा जोड दिएकी थिईन् ।

 

यसैगरी वरिष्ठ पत्रकार नारायण कार्कीले पत्रकारिताको क्षेत्र फराकिलो रहेको बताउदै समाजलाई निष्पक्ष सुचना प्रवाह गर्न सुझाव दिए । उनले पत्रकारिताको निश्चित क्षेत्र नरहेको  बताउदै खोज पत्रकारिताको पक्षमा काम गर्नुपर्नेमा जोड दिए । पत्रकार कार्कीले पत्रकारिताको मर्म र धर्मलाई आत्मसाथ गर्दै लक्षित समुहलाई तथ्य, सत्य र निष्पक्ष सूचना संप्रेषण गर्नुपर्ने धारणा राखेका थिए । 

 

भिजन गण्डकी नेटवर्क प्रालिका अध्यक्ष किसान सुनारले मल्टिमिडियाको अवधारणा अनुसार पहिलो चरणमा न्यूज पोर्टल साइट ‘सुनगाभा न्यूज’ सञ्चालनमा ल्याईएको जानकारी दिए ।  उनले परिवर्तित समयलाई मध्यनजर गर्दै आगामी दिनमा अनलाईन टिभी तथा मल्टिमिडियासँग प्रत्यक्ष सरोकार राख्ने क्षेत्रमा समेत लगानी गर्ने बताए ।  

 

नव  वर्ष २०७९ को आगमनसँगै सञ्चालनमा आएको सुनगाभाले स्कुपसँगै आवाजविहीनको आवाजलाई उनीहरुकै प्रश्न सम्बन्धित व्यक्ति वा निकायलाई सिधै राख्न मिल्नेगरी ‘प्रश्नै–प्रश्न’ कार्यक्रम समावेश गरेको छ । यसैगरी समाज, कला, खेलकुद, बजार, राजनीति, विचार र कुराकानीलाई स्थान दिएको छ । सुनगाभा न्यूजकाे सम्पादकमा दीपक के श्रेष्ठ रहेका छन् ।

 


 

पोखरा:  पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्...

थप पढ्नुहोस्

पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेला...

थप पढ्नुहोस्

म्याग्दी:  म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्...

थप पढ्नुहोस्