अमरसिंहमा खुल्यो ‘दोकान घर’

पाेखरा | असोज १७, २०८१

अमरसिंहमा खुल्यो ‘दोकान घर’

पोखरा महानगरपालिका–१२ अमरसिंहको कुँडहरचोक लाइनमा दोकान घर (ग्रोसरी सप) सञ्चालनमा आएको छ । 

 

युवा व्यवसायी सूर्य बहादुर गुरुङले अमरसिंहचौरको पछाडि दोकान घर सञ्चालनमा ल्याएका हुन् ।

 

उक्त दोकान घरको उद्घाटन आज (बुधबार) पोखरा महानगरपालिका–१२ का वडासदस्य तथा युवा नेता शान्तबहादुर थापाले गरे । 

 

सो अवसरमा बोल्दै थापाले व्यवसायीक सफलताको कामना गरे । उनले अमरसिंहबाट सञ्चालनमा रहेपनि उक्त दोकान घरले सारा पोखरेलीलाई नै सेवा दिने विश्वास व्यक्त गरे ।

 

 

यस्तै पोखरा १२ का मेलमिलाप समितिका संयोजक तथा कुँडहरचोक टोल विकास संस्थाका अध्यक्ष प्रेम सुवेदीले ग्राहकको मन जित्न सफल हुनेमा विश्वास व्यक्त गरेका थिए ।

 

उक्त दोकान घरमा हाल ८ जनाले रोजगारीको अवसरमा पाएका दोकान घरका सञ्चालक युवा व्यवसायी सुर्यबहादुर गुरुङले जनाकारी दिए । उनका अनुसार सो दोकान घरमा नेपाली उत्पादन, दैनिक उपभोग्य तथा खाद्यान्नका समाग्रीहरु उपलब्ध छन् ।

 

‘पोखराको अमरसिंह आफैमा चर्चित छ, भान्सामा चाहिने खाद्यान्नदेखि अन्य पेयपदार्थहरु एकै ठाउँबाट किन्न पाउनुहुनेछ । त्यसैले एउटै छानाबाट ग्राहकलाई चाहिने सम्पूर्ण ग्रोसरीका सामानहरु उपलब्ध गराउने  उद्देश्यसहित दोकान घर सञ्चालनमा ल्याएका हौं ।’ व्यवसायी गुरुङले भने  । 

 

पोखरा महानगरपालिका–१२ अमरसिंहको कुँडहरचोक लाइनमा रहेको दोकान घरले होम डेलिभरीको व्यवस्थासमेत गर्नेछ ।

 

 

 

बागलुङ:   बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...

थप पढ्नुहोस्

गुल्मी:   गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ ।  मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...

थप पढ्नुहोस्

काठमाडौं:  प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममाा सम्बोधन गर्न लागेकी हुन्। ...

थप पढ्नुहोस्