गलकोट स्पोर्टस क्लब बागलुङलाई क्लबस्तरीय भलिबलको उपाधि

पाेखरा | असोज १५, २०८१

गलकोट स्पोर्टस क्लब बागलुङलाई क्लबस्तरीय भलिबलको उपाधि

पोखरा:   पोखरामा सम्पन्न भएको आठौं संस्करणको क्लबस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फको उपाधि गलकोट स्पोर्टस क्लब बागलुङले जितेको छ । 


पोखरा भलिबल प्रशिक्षण केन्द्रले आयोजना गरेको आठौ संस्करणको खुल्ला क्लबस्तरीय भलिबल प्रतियोगिताको फाइनल खेलमा गलकोटले एपिएफलाई पराजित गर्दै उपाधि जितेको हो । 


छन्त्याल समाज कास्कीको भलिबल कोर्टमा आज भएको खेलमा सशस्त्र प्रहरी बलको एपिएफ मालेपाटनलाई ३–० को सोझो सेटमा पराजित गर्दै गलकोटले उपाधि जितेको हो । 


गलकोटले एपिएफलाई २५–१९, २५–२० र २५–२० ले पराजित गर्दै उपाधि जितेको हो । उपाधि जितेको गलकोटले १ लाख ३० हजार, उपविजेता भएको एपिएफले ८० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । 


यस्तै आठौं संस्करणको क्लबस्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिताको उपाधि महिलातर्फ धादिङ स्पोर्टस् क्लबले जितेको छ । 


धादिङ स्पोर्टसले फाइनल खेलमा नदीपुर एफसीलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि चुमेको हो । 


छन्त्याल समाज कास्कीको भलिबल कोर्टमा आज (मंगलबार) भएको फाइनल खेलमा धादिङ स्पोर्टस क्लबले नदीपुर एफसीलाई पराजित गर्दै लगातार दोस्रो पटक उपाधि जितेको हो । 


धादिङले पहिलो सेट २५–१८ ले सहजै जितेपनि दोस्रो सेट २६–२८ ले गुमाएको थियो । दोस्रो सेटमा सुरुवातदेखि नै पछि परेको धादिङले उत्कृष्ट पूनरागमन गर्दै २४–२१ बनाएपनि सेट गुमाएको थियो । 


तेस्रो सेट २५–२० र चौथो सेट २५–२१ जित्दै धादिङले उपाधि जितेको हो । 


उपाधि जितेको धादिङले ५० हजार र उपविजेता भएको नदीपुर एफसीले ३५ हजार रुपैयाँ प्राप्त पुरस्कार प्राप्त ग¥यो । 


असोज ९ देखि १३ गतेसम्म सञ्चालन हुने भनिएको आठौं संस्करणको क्लबस्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता अविरल वर्षाका कारण दुई दिन स्थगित भएको थियो । 
 

भक्तपुर: नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ पर्नुभएको छ ।   सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई आज बिहानै प्रह...

थप पढ्नुहोस्

भक्तपुर: पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले आज बिहान निवासबाटै पक्राउ गरेको छ ।   जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले ...

थप पढ्नुहोस्

काठमाडौं:  नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ ।      राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनियुक्त प्रधानमन्त्री शाहको उपस्थितिमा राष्ट्रपतिको कार्या...

थप पढ्नुहोस्