दक्षिण ढल्किइन् तालबाराही, उत्तर सारिँदै

कास्की | असार ३१, २०७९

दक्षिण ढल्किइन् तालबाराही, उत्तर सारिँदै

पोखरा:  पोखरामात्र नभई देशकै आकर्षण फेवातालबीच रहेको तालबाराही मन्दिरको पूनर्निमाण हुने भएको छ ।  सुन्दर नगरी पोखरालाई पर्यटकीय शहरकोरुपमा चिनाउन सफल तालबाराहीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तरगत पुरातत्व विभागले पूननिर्माण गर्ने भएको हो । 

 

मन्दिरलाई पुरातत्व विभागसँगको सहकार्यमा ३/४ फिट उत्तरतर्फ बढाएर मन्दिरको निर्माण गर्ने विषयमा गुठी र विभागसँग छलफल भइरहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हिक्मतबहादुर कुँवरले जानकारी दिए । 

‘०७२ साल बैशाख १२ गतेको भुकम्पले केही दक्षिणतर्फ ढल्किएको थियो’ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कुँवरले भने, ‘मन्दिरको छेउमा बुढो आँपको रुख थियो रुख हटाइयो, अब पुरातत्व विभागको सहयोगमा मन्दिर पूननिर्माण गर्न लागिएको हो ।’ 

 

उनले समितिको एकोहोरो निर्णयले केही पनि गर्न नपाइने बताउदै भने, ‘तालबाराही मन्दिर व्यवस्थापन समिति र गुठी संस्थानको एकोहोरो निर्णयले मन्दिरका पुनःनिर्माण गर्न पाईदैन, यस क्षेत्रलाई पुरातत्व विभागले हेर्ने भएकाले विभागका इन्जिनियरहरुले ढल्किएको मन्दिरको अवलोकन गरेर गएकाले मन्दिरको पुनःनिर्माण छिटै हुनेछ ।’

तालबाराही मन्दिर पुनःनिर्माण भए पनि अहिलेको शैलीमा नै निर्माण हुनेछ ।

 

अहिले मन्दिरको दर्शनमा आउने भक्तजनको सहजताको लागि पूर्वबाट मन्दिरमा प्रवेशद्वार र पश्चिमबाट बाहिरिने गरी पूननिर्माण गर्न पुरातत्व विभागसँग कुराकानी भएको अध्यक्ष कुँवरले बताए ।

 

उनले पूनर्निमाण गर्दा उत्तरतर्फ करिब ३ देखि ४ फिट सार्नेबारे छलफल भइरहेको जानकारी दिए । ‘मन्दिर सानो भइराछ त्यसले गर्दा यसको चक्लाई बढाउनुपर्ने र दक्षिणतर्फ भाग ढुंगाको प्लेटमाथि बसेको हुनाले यसलाई ३/४ फिट उत्तरतिर सार्न सकियो भने बढि सुरक्षित हुन्थ्यो भन्ने भएर छलफल भइराछ ।’ अध्यक्ष कुँवरले भने । 

 

तालबाराही क्षेत्रमा पर्यटकीय आकर्षण बढाउने उद्देश्यसहित स्वर्गीय माता पिताको स्मृतिमा आफ्नो निजी लगानीमा राष्ट्रिय झण्डा निर्माण गरेको अध्यक्ष कुँवरले बताए । उनका अनुसार झण्डासँगै भक्तजनका लागि खानेपानीको ट्याङ्की समेत व्यवस्था गरिदिएका छन् ।
 

तालबाराही मन्दिर कुल ३ रोपनी ८ आना क्षेत्रफलमा रहेको छ भने मन्दिरको निर्माण २०१७ सालमा निर्माण गरिएको थियो ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्