पाेखरामा महिला उद्यमीहरु सम्मानित

पाेखरा | असोज ७, २०८१

पाेखरामा महिला उद्यमीहरु सम्मानित

महिला उद्यमी संघ नेपाल,कास्कीले सफल महिला उद्यमीहरुलाई सम्मान गरेको छ ।

 

संघको नवौं साधारण सभाको अवसरमा संघले सफल महिला उद्यमीहरुलाई सम्मानपत्र र सल तथा खादा ओढाएर सम्मान गरेको हो ।

 

संघले नेपाली ढाका उद्योगकी सञ्चालिका मनमाया सुवेदीलाई उत्कृष्ट सफल महिला उद्यमी घोषणा गर्दै सम्मान गरेको छ ।

 

त्यस्तै, गण्डकी प्रदेश सभाकी संस्थापक सदस्यसमेत रहेकी पोखराको सबैभन्दा पुरानो हङकङ व्यूटी ईन्ष्टिच्यूटकी सञ्चालिका मीना गुरुङ, विधाता हस्तकला तथा प्राविधिक तालिम केन्द्रकी सञ्चालिका सविता श्रेष्ठ रञ्जित, स्वस्तिक हस्तकला उद्योगकी सञ्चालिका सीता गुरुङ, ऋतु सौगातकी सञ्चालिका सुन्तिा पुर्जा, कर्णाली गार्मेन्ट उद्योगकी सञ्चालिका गीता नाथ योगीलाई सम्मान गरेको छ ।

 

त्यस्तै, संघले अतिथि झोला तथा गार्मेन्ट उद्योगकी सञ्चालिका पार्वती थापा बस्नेत, न्यू मिलिनियम एकेडेमीकी सञ्चालिका कृष्णकुमारी पहारी र पुष्पाञ्जली कस्मेटिक तथा श्रृंगारकी सञ्चालिका पुष्पा मरासिनीलाईपनि सम्मान गरेको संघकी अध्यक्ष सरु बरालले जानकारी दिईन् ।

 

साधारण सभामा नया सदस्यहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो ।

 

सो अवसरमा व्यूटीपार्लर सम्बन्धी ३ महिने तालिममा सहभागी तथा लेवलिङ र प्याकेजिङ तालिममा सहभागीहरुलाईपनि प्रमाणपत्र वितरण गरिएको अध्यक्ष बरालले जानकारी दिईन् ।

 

साधारण सभामा महिला उद्यमी संघको ७० जिल्ला शाखामध्ये सर्वोत्कृष्ट हुन सफल महिला उद्यमी संघ तनहुँलाई सम्मान गरिएको थियो ।

 

महिला उद्यमी संघ नेपालको साधारण सभामा तनहुँ शाखा सर्वोत्कृष्ट हुँदा कास्की शाखा भने दोश्रो हुन सफल भएको थियो ।

 

संघ कास्कीकी अध्यक्ष शारदा बराल (सरु)को अध्यक्षता तथा महासचिव बालकुमारी गुरुङले सञ्चालन गरेको कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापा, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, महासचिव शोभा गौतम, पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनहर कडरिया, पोखरा महानगर व्यवसाय प्रवद्र्धन केन्द्रका प्रमुख नवराज अधिकारी, पोखरा चेम्वर अफ कमर्स कास्कीका अध्यक्ष उमराज बास्तोला, महिला उद्यमी संघ कास्कीकी संस्थापक अध्यक्ष मीना गुरुङ, निवर्तमान अध्यक्ष पार्वती पौडेल रेग्मी, पर्यटन व्यवसायी महिला संघकी अध्यक्ष कमला गिरीलगायतले बोलेका थिए ।


ि

काठमाडौं:    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।   गैरकानुनी सम्पत्ति आर्जनको अनुसन्धानको सिलसिलामा सम्पत्ति...

थप पढ्नुहोस्

पोखरा:  तमु समुदायको एतिहासिक, मौलिक साँस्कृतिक ट्होटें पर्व तमु धिं नेपालको आयोजनामा चैत्रको अन्तिम मंगलबार मनाएको छ।   उधौलीट्होटें पोखराको पुरानो एयरपोर्ट मेयर हर्क गुरुङ चोकबाट प्रकृत...

थप पढ्नुहोस्

पोखरा ।    दशौं पोखरा स्पोर्ट्स अवार्ड–२०८२ अन्तर्गत ‘पिपल्स च्वाइस अवार्ड’ का लागि मनोनयनमा परेका खेलाडीहरूको नाम सार्वजनिक गरिएको छ ।    आयोजक नेपाल खेलकुद पत्रका...

थप पढ्नुहोस्