मुवाँथाई संघ म्याग्दीको अध्यक्षमा डेक पुन
म्याग्दी | भदौ २८, २०८१
म्याग्दी: म्याग्दी मुवाँथाई संघको अध्यक्षमा डेक पुन सर्वसम्मत चयन भएका छन् ।
नेपाल राष्ट्रिय मुवाँथाई महासंघको परिपत्र अनुसार म्याग्दीको अध्यक्षमा डेक पुनको अध्यक्षतामा ९ सदस्यीय जिल्ला मुवाँथाई संघ तदर्थ समिति गठन गरेको हो ।
नेपाल राष्ट्रिय मुवाँथाई महासंघका सचिव खगेन्द्र क्षेत्रीको उपस्थितिमा भएको मुवाँथाई खेलाडीहरुको भेलाले म्याग्दी मुवाँथाई संघ गठन गरिएको हो ।
संघको उपाध्यक्षमा राधा पुलामी, सचिवमा कृष्ण रानाभाट र कोषाध्यक्षमा महेन्द्र थकाली सर्वसम्मत चयन भएका हुन् ।
यस्तै सदस्यहरुमा रितु पुन, साहस गर्बुजा, प्रबिन केसी, कुमार क्षेत्री, हिमाल सुनार रहेका छन् ।
पछिल्लो समय नेपालमा मुवाँथाईको लोकप्रियता बढ्दै गएकाले जिल्लामा यसको विकास र विस्तारमा लाग्ने अध्यक्ष पुनले बताए । उनले जिल्ला स्तरबाट समेत व्यवसायीक खेलाडीहरु उत्पादन गर्न लागि पर्ने समेत बताएका छन् ।
पोखरा: रेडियो अन्नपूर्ण ९३।४ मेगाहर्ज पोखराले मंसिर १८ गते “स्मृतिमा झलकमान र नारायण गोपाल साँझ” आयोजना गर्ने भएको छ । झलकमान गन्धर्व सारङ्गी पाठशाला र पोखरा महानगरपालिका...
पोखरा: पोखरामा सम्पन्न नवौं पिभिटिसी क्लबस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ बोहोराफाँट समाज जापान गलकोट र महिलातर्फ झिर हाउस बागलुङले उपाधि चुमेको छ । पोखरा–३ नदी...
पोखरा: कास्की जिल्ला टेनिस संघद्वारा आयोजनामा पोखरा रंगशालाको टेनिस सेन्टरमा सञ्चालन हुने आइटिएफ वल्र्ड टेनिस टुर जे-३० सर्किट १ र २ को सम्पूर्ण तयारी पुरा भएको छ । भोली (सोमबार) बाट सुरू हुन...

