बागमती सभ्यता एकीकृत विकास समितिका कर्मचारी कुटिए
काठमाडाैं | असार २८, २०७९
सांकेतिक तस्विर
काठमाडौँ : बागमती नदीभित्र हुने अनाधिकृत कामका बारेमा नियमित अनुगमन गर्ने क्रममा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका कर्मचारी कुटिएका छन् ।
गोकर्णेश्वर नगरपालिका–५ स्थित एभरेष्ट पेट्रोल पम्प मुनिको बागमती नदी किनारमा लामो समयदेखि अनाधिकृत रूपमा फोहर सङ्कलन गर्दै आएका सुवास घिसिङले अनुगमनको क्रममा हिँडेका समितिका कर्मचारी बलराम श्रेष्ठलाई कुटपिट गरेर टाउको फुटाइदिएको समितिका सूचना अधिकारी कमल अर्यालले राससलाई जानकारी दिनुभयो ।
समितिले आयोजनाको काममा नै अवरोध पु¥याउने गरी फोहर सङ्कलन केन्द्र नराख्न तीनपटक पत्राचार गरिसकेको छ । तर घिसिङले समितिको पत्राचारलाई अटेर गर्दै आएको जनाइएको छ । श्रेष्ठमाथि आक्रमण गर्ने घिसिङलाई प्रहरीले पक्राउ गरेर हाल महानगरीय प्रहरी वृत्त बौद्धको हिरासतमा राखेको छ । घिसिङले अटेर गरी नदी किनारामा फोहर सङ्कलन केन्द्र बनाउँदा वाग्मती सौन्दर्यीकरणको काममासमेत असर पुगेको समितिले जनाएको छ ।
अनधिकृत रूपमा फोहर सङ्कलन केन्द्र स्थापना गरेर स्थानीयवासीलाई समेत धम्की दिँदै उनले बागमती कोरिडोर क्षेत्रबाट फोहर उठाउने गरेका हुन् । जसले गर्दा जम्मा भएको आधा फोहर वाग्मतीमा बग्ने गरेको छ ।
नियमित अनुगमन गर्ने क्रममा समितिको ‘क्वीक रेस्पोन्स टिम’मा सहभागी श्रेष्ठमाथि कुटपिट गरेपछि यो घटना सार्वजनिक भएको हो । ‘‘हामी नियमित अनुगमनमा गएका थियौँ, मैले फोहर सङ्कलनस्थलको तस्बिर खिच्न लागेको थिएँ, त्यहीबेला ममाथि एक्कासि मुक्का प्रहार भयो’’, उहाँले भन्नुभयो । आक्रमणबाट घाइते भएका श्रेष्ठको टाउकोमा दुई वटा टाँका लगाइएको छ । श्रेष्ठको हाल नेपाल भारत मैत्री अस्पताल मित्रपार्कमा उपचार भइरहेको छ ।
पोखरा: पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्...
पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेला...
म्याग्दी: म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्...

