'डिफेन्डिङ च्याम्पियन' सराईलाई घोरबन्दा कपको उपाधि, सुजन बने सर्वोत्कृष्ट

पाल्पा | भदौ २२, २०८१

'डिफेन्डिङ च्याम्पियन' सराईलाई घोरबन्दा कपको उपाधि, सुजन बने सर्वोत्कृष्ट

पाल्पाको बगनासकाली गाउँपालिका १ घोरबन्दामा सम्पन्न नकआउट फुटबल प्रतियोगिताको उपाधि डिफेन्डिङ च्याम्पियन सराई एफसीले जितेको छ ।

 

हरितालिका तीजको अवसरमा नव जागृति युवा क्लबको अयोजनामा घोरबन्दास्थित कोठिचौर खेलमैदानमा शुक्रबार भएको फाइनल खेलमा दमकडा ब्रदर्शलाई २–१ गोल पराजित गर्दै सराईले उपाधि जितेको हो ।

 

सराई गत वर्षकोसमेत विजेता हो । सराईको जीतमा अवतार थापाले २ गोल गरे । यता हार व्यहोरेको दमकडाका तर्फबाट आवेश शाहीले १ गोल गरे ।

 

उपाधिसँगै सराईले नगद रु ६० हजार, शिल्ड, मेडल तथा प्रमाापत्र प्राप्त गर्याे ।

 

यस्तै उपविजेता बनेको दमकडालाई नगद रु ३० हजार शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरेको खेल संयोजक अर्जुन चर्तीले जानकारी दिए ।

 

 

उनका अनुसार सो प्रतियोगिताबाट सराईका सुजन रानामगर सर्वोत्कृष्ट खेलाडीका रुपमा पुरस्कृत भए । 

 

सर्वाधिक गोलकर्ताका रुपमा अवतार थापामगर (४ गोल), उत्कृष्ट गोलरक्षकका रुपमा दमकडाका विशाल चौवे, उत्कष्ट डिफेण्डरमा सराइककै सुमित मल्ल, उत्कृष्ट फरवार्डमा आवेश शाही र उदीयमान खेलाडीका रुपमा नवजागृति निलो का आदेश सारुमगर पुरस्कृत भए । 

 

कुल १३ टिमको सहभागिता रहेको प्रतियोगिताको  विजेता तथा उपविजेता टोलीका खेलाडीहरुलाई प्रमुख अतिथिसमेत रहेकी बगनासकाली गाउपालिकाकी प्रमुअ सरस्वती दर्लामी चिदी, वडा १ का वडाध्यक्ष  शेर बहादुर चिदी, वडा सदस्य मानु सोमै, लुम्बिनी प्रदेश फूटबल संघ उपमहासचिव  प्रज्वल उदय, हनेरी क्याप्टेन आनन्द कुमार थापा सारु, क्लबका सल्लाहकारहरु  सु. बि.एस. थापा, घोरबन्दा महिला समुहको अध्यक्ष कविता गाहा, कानुङ लाङ्घाली गुमष्ठा घोरबन्दाका अध्यक्ष बलराज गाहा लगायतले पुरस्कार वितरण गरेका थिए ।

 

समापन कार्यक्रममा नवजागृती युवा क्लबका कलाकारहरुले विविध सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए  ।

 

क्लबका अध्यक्ष जनक गाहाको सभापतित्वमा सम्पन्न कार्यक्रको सञ्चालन क्लबका पूर्व अध्ष्क्ष दिनेश कुमार थापा सारुले गरेका थिए ।

पोखरा:  यहाँको पोखरा महानगर– १७ स्थित सेती नदीको डिलैमा छ एउटा टिनको टहरा । प्राय त्यही टहरा भित्र भेटिनुहुन्छ ५५ वर्षीया मनमाया थापा मगर र उहाँकी २३ वर्षीय छोरा पूर्णबहादुर । पूर्णबहादूर पू...

थप पढ्नुहोस्

काठमाडौं: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अस्ट्रेलिया उडान हुने भएको छ। चीनको सिचुवान एयरलाइन्सले छेन्दु हुँदै अस्ट्रेलिया उडान गर्ने तयारी गरेको हो। उक्त प्रयोजनका निम्ति सिचुवान एयरलाइन्सले नियामक नेपाल ...

थप पढ्नुहोस्

काठमाडौं:  सरकारले सात दिन भित्र सामाजिक सञ्जाल दर्ता हुनुपर्ने निर्णय गरेको छ। भदौ ९ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुहुँदै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गु...

थप पढ्नुहोस्