पोखरामा लोकबहादुरको दशौं स्मृति दिवस: स्मृतिग्रन्थ विमोचन र सम्मान अर्पण
पाेखरा | भदौ १९, २०८१
PHOTO: MANI GURUNG
कास्की: पोखरामा वरिष्ठ संस्कृतिकर्मी चलचित्रक निर्देशक निर्माता, गीतकार, संगितकार तथा तमु संसार त्रैमासिक पत्रिकाका प्रधान सम्पादक स्व. लोकबहादुर गुरुङको दशौं स्मृति दिवस विभिन्न कार्यक्रम गरि मनाइएको छ ।
लोकबहादुर गुरुङ स्मृति प्रतिष्ठानले उनको सम्झनामा आज (बुधबार) लोक सर स्मृतिग्रन्थको विमोचन र शिक्षण पेशामा क्रियाशिल एक शिक्षकलाई सम्मान गर्दै स्व. लोकबहादुर गुरुङको स्मृति दिवस मनाएको हो ।
कार्यक्रमका प्रमुख अथितिसमेत रहेकी गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङले उक्त स्मृतिग्रन्थको विमोचन र लमजुङको सिङ्दीस्थित हिमालय माविका शिक्षक युवराज गुरुङलाई नगद रु ५१ हजार, दोसल्ला, फेटा तथा सम्मानपत्र अर्पण गरिन् ।
सो अवसरमा बोल्दै प्रदेश सांसद गुरुङले स्वर्गीय लोकबहादुर गुरुङ बहुआयामिक व्यक्तित्व भएको स्मरण गरिन् ।
गुरुङको असामयीक निधनले परिवारलाई मात्रै नभई सिंगो तमु समुदाय र देशलाई नै अपुरणीय क्षति भएको धारणा राखिन् । लोकबहादुर उनको आफ्नो पनि प्रेरणाको स्रोत भएको उल्लेख गर्दै सांसद गुरुङले उनको मार्गनिर्देशनलाई सधै शिरोपर गर्ने बताइन् ।
यस्तै सम्मानित व्यक्तित्व युवराज गुरुङले विगत २ दशकदेखि शिक्षण पेशालाई कर्मक्षेत्र बनाउदै आएको स्मरण गर्दै यसको पछाडि स्व. लोकबहादुरको देन रहेको बताए ।

‘लोक सरकै प्रेरणाकै कारण आज म यो स्थानमा छु । उहाँ हेडसर भएकै कारण मैले उहाँको आचरणलाई अनुसरण गरेको थिए, उनले भने, ‘म आज जुन ठाउँमा छु त्यो उहाँकै कारणले छु ।’
उनले आफुले पाएको सम्मानले शिक्षण क्षेत्रमा थप काम गर्न हौसला मिलेको बताए ।
यस्तै प्रतिष्ठानका अध्यक्ष तथा गण्डकी प्रदेश सभाका सदस्य वेद बहादुर गुरुङ (श्याम) ले स्वर्गीय लोकबहादुरको गुणलाई शब्दले बयान गर्न नसकिने बताए ।
उनले गुरुङ समुदायको सांस्कृतिक पक्षलाई उजागर गर्न स्व. लोकबहादुर गुरुङको योगदान महत्वपूर्ण रहेको बताउदै बिर्सन नहुने बताए ।
‘हाम्रो समुदायको लोक संस्कृतिलाई जगेर्ना र उजागर गर्न उहाँको ठुलो योगदान छ । त्यसैले उहाँ एउटा समयले जन्माएको पात्र हुनुहुन्थयो । उहाँको देनलाई हामीले कहिल्यै बिर्सनु हुदैन,’ गुरुङले भने ।
उनले प्रतिष्ठानको कोषमा हाल ४७ लाखभन्दा बढी रकम रहेकोसमेत जानकारी दिएका थिए ।
वरिष्ठ संस्कृतिकर्मी स्व. लोकबहादुरको विगत १० वर्ष अघि निधन भएको थियो ।
प्रतिष्ठानका अध्यक्ष तथा गण्डकी प्रदेश सभाका सदस्य वेद बहादुर गुरुङ (श्याम) को सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य प्रतिष्ठानकी सदस्य गौरी तमुले गरेकी थिइन् भने, कार्यक्रम सञ्चालन सचिव रोशनी गुरुङले गरेकी थिइन् ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

