टेवानले तीज सांस्कृतिक महोत्सव गर्ने
पाेखरा | भदौ १६, २०८१

पोखरा: पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) आयोजनामा पोखरामा ‘तीज सांस्कृतिक महोत्सव–२०८१’ हुने भएको छ ।
‘दिगो पर्यटनका लागि समान सहभागिता’ मूल नारासहित महिलाहरुको महान् पर्व हरितालिका तीज अवसरमा टेवानले दोस्रो संस्करणको रुपमा उक्त महोत्सव आयोजना गर्न लागेको हो ।
आइतबार पत्रकार सम्मेलनमा टेवान अध्यक्ष कमला गिरीले नेपालको संस्कार, संस्कृति, कला, धर्म कसरी पर्यटनमा जोड्न सकिन्छ भन्ने उद्देश्यले गत वर्षदेखि तीज सांस्कृतिक महोत्सव आयोजना गरेकोमा यसपालि पनि निरन्तरता दिइएको बताइन् ।
उनका अनुसार यही भदौ २१ र २२ गते लेकसाइडको वाराहीघाटमा उक्त महोत्सव हुनेछ । सो अवसरमा सांस्कृतिक तीज गीत प्रतियोगिता, खेलकुदका कार्यक्रम, बहस लगायत कार्यक्रम हुने छन् ।
महोत्सवको पहिलो दिन तीज पर्व नै भएकाले बिहान १० बजे वाराहीचोकदेखि सांस्कृतिक झाँकीसहितको ¥याली हुनेछ । वाराहीघाटस्थित नेपाल ट्रष्टको चौरमा बिहान ११ बजे औपचारिक उद्घाटन हुनेछ । साथै, सांस्कृतिक कार्यक्रम एवं तीज गीत प्रतियोगिता सुरु हुनेछ ।
दोस्रो दिन बिहानैदेखि खेलकुदका कार्यक्रम हुनेछन् । त्यसपछि तीज सन्दर्भमा महिला सशक्तीकरण, पर्यटन तथा संस्कृति विषयमा प्यानल डिस्कसन हुनेछ ।
संस्कृतिकर्मी तीर्थ श्रेष्ठ, राप्रपानेतृ खुश्वु ओली र डा.राजुराज अधिकारी वक्ता रहनेछन् । सहजीकरण पत्रकार दुर्गा अधिकारीले गर्ने छिन् ।
कार्यक्रम संयोजक शान्ता तिमिल्सिनाले तीज गीत प्रतियोगिताका लागि हालसम्म १६ टिमले दर्ता गरिसकेको र महोत्सव सुरु हुँदासम्म करिब ३० टिम पुग्न सक्ने बताइन् ।
‘पर्यटन प्रवद्र्धनसम्बन्धी र महिला उद्यमशीलता विषयमा प्रतियोगीले तीज गीत प्रस्तुत गर्नुपर्नेछ ।
प्रथमले ३० हजार, दोस्रोले ३० हजार, तेस्रोले १५ हजार सान्त्वना १० टिमलाई ५÷५ हजार पुरस्कार र प्रमाणपत्र प्रदान गरिनेछ । उत्कृष्ट नृत्य र भेषभूषासहित झाँकी प्रदर्शन गर्नेलाई पनि पुरस्कारको व्यवस्था छ । एउटा टिममा बढीमा ७ जनासम्म कलाकार हुनुपर्नेछ । ७ मिनेटमा गाएर सक्नुपर्नेछ ।
अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले पोखरालाई पर्यटनको राजधानी घोषणा गरेरमात्र नहुने सरकारले आवश्यक कार्ययोजना ल्याउनुपर्नेमा जोड दिए ।
उनले पोखराको पर्यटन प्रवद्र्धनमा टेवानले विविध कार्यक्रम गर्दै आएकोमा यो महोत्सवले पनि पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने विश्वास लिए ।
संस्थाका सल्लाहकार बोबरजंग गुरुङले अचेल पदयात्रा मासिदै गएकोमा चिन्ता व्यक्त गरे । उनले पर्यटन प्रवद्र्धनमा यसखालका मेला महोत्सवले सघाउ पुग्ने बताए ।
संस्थाका निवर्तमान अध्यक्ष रेणु थापाले महोत्सव सफल पार्न हरेक निकायबाट सहयोगको अपेक्षा गरिन् ।
काठमाडौं: नेपालले आइसीसी टी–२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनोटको उपाधि जितेको छ । ओमानमा शुक्रबार भएको सुपर सिक्सको अन्तिम खेलमा नेपालले सामोआलाई एक सय २४...
मुस्ताङ: झण्डै पाँच सय वर्षअघि यहाँको घरपझोङ–५ ठिनीमा राजा थर्कोचेनले शासन चलाएका थिए । मुस्ताङको पान्डाखोलादेखि तल्लो भूभाग चिमाङ र चोखोपानी खोलासम्म राजा थर्कोचेनको राज्य थियो । राजा थर्कोच...
गलकोट: सेवालाई गुणस्तरीय बनाउँदै लगेको धवलागिरि प्रादेशिक अस्पताल बागलुङमा पुगेका बिरामीको एउटै गुनासो हुन्छ–चिकित्सकले लेखेका औषधि पाइएन । अस्पताल फार्मेसीमा पुगेका अधिकांश स्वास्थ्य बीमामा आबद्ध ...