पोखरामा तायमचा नृत्य: समाज कल्याण प्रथम

कास्की | भदौ १६, २०८१

पोखरामा तायमचा नृत्य: समाज कल्याण प्रथम

लेखनाथ नेवा: खलको आह्वानमा गगन नेवा खल:द्वारा आयोजित तायमचा नृत्य प्रतियोगितामा समाज कल्याण नेवा: खल पोखरा–३२ राजाको चौताराले प्रथम स्थान हासिल गरेको छ ।

 

शनिबार सम्पन्न प्रतियोगितामा शिशुवा नेवा: खल पोखरा–३० दोस्रो, रुपा देउराली नेवा: खल तेस्रो तथा मिलीजुली नेवा: खल पोखरा–३३ बागमाराले सान्तन्वा स्थान प्राप्त गरेका छन् । 

 

प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना हुुनेले क्रमश: रु ४० हजार, ३० हजार, २० हजार र १० हजार नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

 

प्रतियोगितामा उत्कृष्ट परी नृत्यमा भीमसेन  नेवा: खल पोखराकी स्मारिका श्रेष्ठ पुरस्कृत बन्नुभयो भने वेशभूषामा समाज कल्याण नेवा: खल पोखरा–३२ राजाको चौतारा, उत्कृष्ट जोकरमा रुपा देउराली नेवा: खलकी सोनिसा श्रेष्ठ पुरस्कृत बन्नुभएको छ ।

 

प्रतियोगितामा विभिन्न नौवटा समूहले प्रतिष्पर्धा गरेका थिए । 

 

तायमचा नृत्यको ऐतिहासिक एवं सांस्कृतिक महत्वलाई दृष्टिगत गर्दै नाचको संरक्षण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको गगन नेवा: खलका अध्यक्ष लिलबहादुर श्रेष्ठले बताउनुुभयो ।

 

प्रतियोगिताको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले हाम्रा प्राचीन संस्कार र संस्कृति पुस्तान्तरण हुनुुपर्नेमा जोड दिनुभयो । 

 

नेवा: खल कास्कीका अध्यक्ष अशोक पालिखे, पोखरा महानगरपालकिा वडा नं ३२ का वडाध्यक्ष अक्कलबहादुर कार्की, गगन नेवा: खलका सचिव शरणकुमार प्रधानलगायतले तायमचाको सांस्कृतिक महत्वसँगै यसको जगेर्ना गर्नुपर्ने लगायतमा आ–आफ्ना धारणा राख्नुभएको थियो ।
 

काठमाडौं।     प्रतिनिधिसभा सदस्या निर्वाचन सम्पन्न भएको छ । केही स्थानमा आजैबाट मतगणना सुरु हुने बताइएको छ ।   प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन सम्पन्न भएको  सबैलाई धन्यवाद द...

थप पढ्नुहोस्

गुल्मी क्षेत्र नम्वर-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सागर ढकाल विजयी हुनुभएको छ ।    उहाँले नेकपा एमालेका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री प्रदीप ज्ञवालीलाई १५ हजार १२०  मतान्तरले पछाडी पार्दै ...

थप पढ्नुहोस्

काठमाडौं:  देशका केही भू-भागमा आज  मौसममा आंशिक बदली देखिने र सीमित स्थानमा वर्षा तथा हिमपातको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार तराई क्षेत्रका केही स्थानमा आज बिहान हुस्स...

थप पढ्नुहोस्