दीप युनाइटेडको रक्तदानमा '९० युनिट'

पाेखरा | भदौ १५, २०८१

दीप युनाइटेडको रक्तदानमा '९० युनिट'

पोखरा:     दीप युनाइटेड क्लब पोखरा १६ ले  आयोजना गरेको रक्तदान कार्यक्रममा ९० युनिट संकलन भएको छ ।

 

‘सद्भाव र सहकार्यका लागि एकता’ भन्ने नाराका साथ दीप युनाइटेड क्लब पोखरा १६ ले हरितालिका तीजको अवसरमा आयोजना गरेको १२ औं रक्तदान कार्यक्रमबाट ९० युनिट संकलन भएको कार्यक्रम संयोजक आशिष क्षेत्रीले जानकारी दिए ।

 

कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले पहिलो रत्तदाता (५५ पटक रक्तदान) रामबहादुर बानियालाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरिएको थियो ।

 

सो अवसरमा बोल्दै वडाध्यक्ष तिमिल्सिनाले हरेक युनिटबाट हरेक व्यक्तिको प्राण बच्ने सक्ने बताउदै आगामी दिनमासमेत सामाजिक कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा राखेका थिए ।

 

रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोग रहेको सो कार्यक्रममा हार्ड रोग विषेशज्ञ डा निरज रन्जित, वडा १६ का वडासदस्य राजकुमारी बानिया, मन्जु बस्याल,  वडा नं १९ का वडासदस्य विकास आचार्य र बगरका प्रहरी सहायक निरीक्षक तारा बिक लगायतको सहभागिता थियो ।

 

क्लबका अध्यक्ष खेमराज आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव भीमप्रसाद आचार्यले सञ्चालन गरेका थिए ।
 

पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ ।   पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...

थप पढ्नुहोस्

बन्दीपुर ।     पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ ।   गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...

थप पढ्नुहोस्

पोखरा —    नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

थप पढ्नुहोस्