सेमिफाइलनमा मणिमुकुन्दसँग सराईको भेट
पाल्पा | भदौ १४, २०८१
पाल्पा: बगनासकाली गाउँपालिका १ घोरबन्दामा जारी फुटबल प्रतियोगितामा सराई एफसी अन्तिम चारमा प्रवेश गरेको छ ।
हरितालिका तीजको अवसरमा नव जागृति युवा क्लबको अयोजनामा घोरबन्दास्थित कोठिचौर खेलमैदानमा आज भएको खेलमा लुम्बिनी मेडिकल कलेजलाई ५–२ गोल अन्तरले हराउँदै सराई एफसी सेमिफाइनलमा प्रवेश गरको हो ।
अब सराईएफसीले सेमिफाइनलमा यही १७ गते मणिमुकुन्द क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
आज भएको खेलबाट सराई एफसीका सुजन राना म्यान अफ द म्याच घोषित भए ।
प्रतियोगिताको फाइनल हरितालिका तीजको दिन २१ गते हुने आयोजकले जनाएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

