व्यवसायीक गुणस्तरका लागि स्वच्छ प्रतिष्पर्धा हुनुपर्छ: अधिकारी

पाेखरा | भदौ ९, २०८१

व्यवसायीक गुणस्तरका लागि स्वच्छ प्रतिष्पर्धा हुनुपर्छ: अधिकारी

पोखरा:   नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले व्यवसायमा गुणस्तरका लागि स्वच्छ प्रतिष्पर्धा हुनुपर्ने बताएका छन् ।

 

शनिबार पोखरामा फर्निचर तथा फर्निसिङ व्यवसायी सङ्घ कास्कीले आयोजना गरेको वार्षिक साधारण सभा एवम् १२ औँ अधिवेशनको उद्‌घाटन गर्दै उनले व्यवसायमा अस्वस्थ प्रतिष्पर्धा भने गर्न नहुनेमा सचेत गराए ।

 

‘व्यवसायमा गुणस्तरका लागि स्वच्छ प्रतिष्पर्धा हुनुपर्छ, अस्वस्थ प्रतिष्पर्धा गर्नुहुँदैन’ उनले भने ।

 

स्वदेशी उत्पादनको उपयोगमा जोड दिएका उनले त्यसको प्रयोग गर्नको लागि ऐन नियमावली मार्फत परेका समस्या फुकाउन सहजीकरण गर्ने प्रतिवद्धता जनाए ।

 

‘हाम्रो उत्पादन हामी उपयोग गरौँ र हामीले वन ऐन नियमावली संशोधन गर्नुपर्ने विषयहरूलाई राम्रोसँग तपाइहरूले प्रष्ट पार्नुहोस्’ उनले आग्रह गरे‌ ।


धराशायी हुँदै गरेको व्यवसायको क्षेत्रमा नयाँ सरकारको गठन पश्चात सुधारका केही सङ्केत देखिन थालेको उनको दावी थियो ।

 

नेप्सेमा भएको वृद्धि त्यसको एउटा उदाहरण भएको बताएका उनले निष्कृय पैसालाई सक्रिय बनाउनुपर्ने बताए । फर्निचर तथा फर्निसिङमा आत्मनिर्भर बनाउनको लागि उनले व्यवसायीसँग आग्रह गरे । 

 

कास्की ।    पोखराको चिप्लेढुङ्गामा सञ्चालित सफल निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेन्टले २२ औं वार्षिकोत्सवको अवसरमा विशेष सांगीतिक कार्यक्रम २०८३’ आयोजना गर्ने भएको छ ।   भोलिदेखि (अस...

थप पढ्नुहोस्

भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ।   गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या शनिबारसम्म ९२० पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था एसो...

थप पढ्नुहोस्

काठमाडौँ ।  नेपाल सरकारले साउदी अरबले कार्यान्वयन गर्न लागेको नेपाली श्रमिकको सीप प्रमाणीकरण (एसभीएफ) प्रक्रियालाई तत्काल स्थगन गर्न साउदी सरकारसँग आग्रह गरेको छ।   उक्त प्रक्रियाका कारण नेप...

थप पढ्नुहोस्