छाब्दीवाराही मन्दिरको पुनर्निर्माण
तनहुँ | भदौ ९, २०८१
तनहुँ: व्यास नगरपालिका–१४ स्थित छाब्दीवाराही मन्दिर रु ७० लाखको लागतमा पुनर्निर्माण भएको छ ।
पाली निकालेर पुनर्निर्माण भएको मन्दिर आकर्षक देखिएको छ ।
गण्डकी प्रदेश सरकारको आर्थिक सहयोग र छाब्दीवाराही विकास कोषको आन्तरिक कोषबाट मन्दिरको पुनर्निर्माण गरिएको कोषका अध्यक्ष प्रेमबहादुर थापाले जानकारी दिनुभयो ।
एक वर्षमा पुनर्निर्माण पूरा भएको मन्दिरमा गत शुक्रबार छाब्दीवाराहीको मूर्ति प्रतिस्थापन गरिएको छ ।
मन्दिर निर्माणका लागि गण्डकी प्रदेश सरकारले रु २४ लाख सहयोग गरेको छभने कोषले रु ४६ लाख लगानी गरेको छ । छाब्दीबाराहीमा सुनको टीका भएको माछाको रूपमा जलदेवी बसेको जनविश्वास छ ।
मन्दिर बाहिर खोलामा हजारौँ माछा छन् । मन्दिरमा तीन जना मगर जातिका पुजारी छन् ।
यहॉ साउन, एकादशी र औँसी बाहेकका दिन हाँस, परेवा, बोका, राँगाको बलि दिइने गरिन्छ ।
छाब्दीवाराही मन्दिर परिसरमा पुरानो छाब्दी वाराही मन्दिर, माछाको मुखको धारा, पोखरीमा माछा, पोखरीको बीचमा मस्त्यगन्धाको मूर्ति छ ।
यो मन्दिर दमौली बजारबाट सात किलोमिटर ढाढा छ । मन्दिरमा पूजाअर्चनाका लागि देशका विभिन्न भागबाट भक्तजन आउने गरेका छन् ।
पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...
बन्दीपुर । पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ । गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...
पोखरा — नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

