पोखरामा स्कुटर दुर्घटना हुँदा धौलागिरी दोहोरीका व्यवस्थापक सुसान गुरुङको मृत्यु
पाेखरा | भदौ ७, २०८१
पोखरा: पोखरामा आज बिहान स्कुटर दुर्घटना हुँदा पर्वत घर भएका सुसान गुरुङको मृत्यु भएको छ ।
पोखरा महानगरपालिका– ८ सभागृह चोकबाट सृजनाचोकतर्फ आउँदै गरेको ग २१ प ५४५० नम्बरको स्कुटर आकाशे पुलको पोलमा ठोक्किन जाँदा गम्भिर घाइते भएका गुरुङको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
पोलमा ठोक्किएर गम्भिर घाइते भएका गुरुङको मेट्रोसिटी अस्पतालमा उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पर्वतको पैयू गाउँपालिका ७ घर भएका गुरुङ पोखराको धौलागिरी दोहारी साँझ पोखराका व्यवस्थापक रुपमा रहेका थिए ।
यता पोखरा लोक दोहोरी रेष्टुरेण्ट व्यवसायी संघले गुरुङको निधनप्रति शोक व्यक्त गरेको छ । संघले आज पोखराका सबै लोक दोहोरी रेष्टरेण्ट बन्द रहने समेत जनाएको छ ।
पोखरा: रेडियो अन्नपूर्ण ९३।४ मेगाहर्ज पोखराले मंसिर १८ गते “स्मृतिमा झलकमान र नारायण गोपाल साँझ” आयोजना गर्ने भएको छ । झलकमान गन्धर्व सारङ्गी पाठशाला र पोखरा महानगरपालिका...
पोखरा: पोखरामा सम्पन्न नवौं पिभिटिसी क्लबस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ बोहोराफाँट समाज जापान गलकोट र महिलातर्फ झिर हाउस बागलुङले उपाधि चुमेको छ । पोखरा–३ नदी...
पोखरा: कास्की जिल्ला टेनिस संघद्वारा आयोजनामा पोखरा रंगशालाको टेनिस सेन्टरमा सञ्चालन हुने आइटिएफ वल्र्ड टेनिस टुर जे-३० सर्किट १ र २ को सम्पूर्ण तयारी पुरा भएको छ । भोली (सोमबार) बाट सुरू हुन...

