टुडिखेलमा जारी फुटबलमा आजदेखि प्रिक्वाटरका खेल

पाेखरा | भदौ ६, २०८१

टुडिखेलमा जारी फुटबलमा आजदेखि प्रिक्वाटरका खेल

पोखरा:   पोखराको पुरानो टुडिखेलमा जारी एमसी एण्ड वामे प्रिजेन्ट्स सेभेन ए साइड फुटबल प्रतियोगितामा दोस्रो चरणका खेलहरु सकिएका छन् ।

 

आजदेखि प्रिक्वाटरफाइनलका खेल जारी रहेको आयोजक कमिटीका प्रतिनिधि आकाश थपलियाले जानकारी दिए ।

 

उनका अनुसार पोखरा १ पुरानो टुंडिखेलमा एट टु नाइन टिम ‘बि’ र कमलपोखरीबीच भएको आजको पहिलो खेलमा ४–१ गोलअन्तरले एट टु नाइन टिम ‘बि’  विजयी बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

 

यस्तै दोस्रो खेल एट टु नाइन टिम ‘ए’  र भण्डारढिकबीच खेल्नेछ ।  तेस्रो खेलमा सनराइज र गेमशाला भिड्नेछन् ।

 

चौथो खेलमा क्रस एफसी र क्लब डिबीच प्रतिस्पर्धा हुनेछ । पाँचौ खेलमा मालेपाटन र केआइइसी बुनबीच  हुनेछ ।

 

छैटौं खेलमा आरटी एफसी र युनाइटेड बगर भिड्नेछन् । सातौ खेल मार्सल र मिलनटोलबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

 

सो प्रतियोगिताको  विजेताले नगद रु ८० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । भने, उपविजेताललाई नगद रु ४० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ ।
 

पोखरा:   टुबोर्गको मुख्य प्रायोजनमा आयोजित चौथों सिमपानी साँझबाट करिब ७ लाख संकलन भएको छ ।   शुभ दिपावलीको अवसरमा त्रिशक्ति समाज सेवा क्लबले आयोजना गरेको देउसी भैलो तथा सांस्कृतिक कार्...

थप पढ्नुहोस्

काठमाडौँ:    वैचारिक आस्था र राजनीतिक आबद्धतालाई ‘रिजर्भ’ मा राखेका समाजका चर्चित व्यक्तिहरूले जेनजी आन्दोलनयता खुलेर राजनीतिक यात्रा थालेका छन् ।   राजनीतिक यात्राको आर...

थप पढ्नुहोस्

उदयपुर:  सबै मानिसको आ–आफ्ना सपना लक्ष्यहरु रहेका हुन्छन्, कसैको लक्ष्य सङ्घर्षका क्रममा पूरा हुन्छ भने कसैले लक्ष्य प्राप्तिका लागि सङ्घर्षरत रहँदै गर्दा अचानक बीचमा जीवनलीला नै अन्त्य भएर यो संसारबाट सधैँ...

थप पढ्नुहोस्