दशौँ राष्ट्रिय खेलकुद समयमै हुनेछ: मन्त्री चौधरी
बाँके | भदौ ५, २०८१
बाँके: युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता समयमै हुने बताउनुभएको छ ।
नेपाल प्रेस युनियन बाँकेद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले कर्णाली प्रदेशमा हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता समयमा सञ्चालन हुनेगरी तयारी भइरहेको बताउनुभएको हो ।
मन्त्री चौधरीले प्रदेश राजधानी सुर्खेतमा हुने प्रतियोगिताका खेलहरू समयमै सुरू गर्नेगरी रङ्गशाला निर्माण प्राथमिकताका साथ भइरहेको बताउनुभयो ।
“प्रतियोगितामा सहभागी हुने खेलाडीको व्यवस्थापन गर्न गाह्रो हुने भएकाले केही खेलहरू नेपालगञ्जमा गर्ने विषयमा पनि छलफल भइरहेको छ, त्यसका लागि आवश्यक तयारी सुरू गरिएको छ । सुर्खेतमा खेल पूर्वाधार निर्माण धमाधम भइरहेका छन्”, उहाँले भन्नुभयो ।
पोखरा: रेडियो अन्नपूर्ण ९३।४ मेगाहर्ज पोखराले मंसिर १८ गते “स्मृतिमा झलकमान र नारायण गोपाल साँझ” आयोजना गर्ने भएको छ । झलकमान गन्धर्व सारङ्गी पाठशाला र पोखरा महानगरपालिका...
पोखरा: पोखरामा सम्पन्न नवौं पिभिटिसी क्लबस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ बोहोराफाँट समाज जापान गलकोट र महिलातर्फ झिर हाउस बागलुङले उपाधि चुमेको छ । पोखरा–३ नदी...
पोखरा: कास्की जिल्ला टेनिस संघद्वारा आयोजनामा पोखरा रंगशालाको टेनिस सेन्टरमा सञ्चालन हुने आइटिएफ वल्र्ड टेनिस टुर जे-३० सर्किट १ र २ को सम्पूर्ण तयारी पुरा भएको छ । भोली (सोमबार) बाट सुरू हुन...

