पोखरा म्याराथनको बचत साढे ३ लाख बढी

पाेखरा | भदौ ५, २०८१

पोखरा म्याराथनको बचत साढे ३ लाख बढी

पोखरा:     १८ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनबाट साढे तीन लाख बढि रकम बचत भएको छ । नेपाल भुतपूर्व खेलाडी मञ्चको आयोजनामा गत फागुनमा म्याराथनको आयोजना भएको थियो ।


बुधबार म्याराथनको आयव्यय आयोजना गर्दै मञ्चले म्याराथन प्रविधिमा जाँदा कम बचत भएको बताएको छ । 


मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले कुल ७५ लाख २४ हजार सात सय १७ रुपैयाँ आम्दानी तथा ७१ लाख ५२ हजार एक सय ३९ रुपैयाँ खर्च भएको बताए । उनका अनुसार तीन लाख ७२ हजार पाँच सय ७८ रुपैयाँ बचत गरेको हो । 


अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीको नाम दर्ताबाट मात्रै तीन लाख ३० हजार ८१ रुपैयाँ आम्दानी भएको थियो भने विभिन्न सहयोगिदाताबाट ७१ लाख ९४ हजार ६ सय ३६ रुपैयाँ आम्दानी भएको छ । यस्तै १९ औं संस्करणको म्याराथन फागुन ३ गते हुने भएको छ । आगामी फागुनमा हुने म्याराथनमा थप एक विधा समेत थपिने मञ्चले निर्णय गरेको छ । मञ्चले २१ किलोमिटरतर्फ पुरुषको विधा थप गर्ने अध्यक्षले जानकारी दिए ।
 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्