पोखरा २७ मा निःशुल्क दन्त शिविर, १ सय जनाले लिए सेवा
पाेखरा | असार २६, २०७९
पोखरा : परमार्थनगर क्लव पोखरा २७ डाडाकोनाकले निःशुल्क दन्त शिविर सम्पन्न गरेको छ ।
निःशुल्क दन्त शिविर कार्यक्रममा बोल्दै पोखरा २७ का वडा अध्यक्ष पुर्ण कुमार गुरुङ्गले भोलिका कर्णदार युवाहरुलाई सतकर्मको बाटो देखाउन आवश्यक रहेको र यस क्लव बाट युवाहरुलाई सम्मेलित गरि विभिन्न रचनात्मक कार्य गरिरहेकोमा खुसी रहेको भाव व्यक्त गरे ।
केबिन न्यु होराईजन डेन्टल सेन्टरको प्रायोजनमा आयोजित शिविरमा डा. मनोज कुमाल, डा गगा भण्डारी तथा उर्मिला कुमालले दन्त विरामीहरुको चेकजाँच गरेका थिए । साथै डाडाकोनाक स्थित श्रीकृष्ण प्रणामी वृन्दावन धाममा रहेका ११ जना बालबालिकाहरुको निशुल्क दन्त परिक्षण गर्ने निर्णय समेत गरिएको क्लवका उपाध्यक्ष विजय वस्ताकोटीेले बताए । शिविरमा करिव १०० जनाले आफ्नो दातको चेकजाँच गरि लाभ लिएका छन् ।
क्लवका अध्यक्ष मनोज गुरुङ्गको अध्यक्षता र सचिव आदर्श लामिछानेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएो थिो ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

