पोखरामा लागूऔषधसहित २ जना पक्राउ
पाेखरा | भदौ ४, २०८१
पोखरा: पोखरा बस्दै आएका भारतीय नागरिक लागूऔषधसहित पक्राउ परेका छन् । पोखरा–१२ भृकृटी टोल बस्दै आएका ४६ बर्षीय शिवकुमार बानियाँलाई लागूऔषधसहित प्रहरीले आइतबार पक्राउ गरेको हो ।
भारतको बनारस स्थायी घर भई पोखरा–१२ बस्दै आएका बानियाँले डेराकोठामा लुकाई राखेको लागूऔषधसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक बसन्तकुमार शर्माले जानकारी दिए ।
‘पोखरा–१२ भृकुटी टोलमा लागूऔषधको कारोवार भइरहेको गोप्य सूचना पाएका थियौं’, शर्माले भने, ‘सूचनापछि कास्की प्रहरी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा पोखराबाट खटिएको टोलीले बानियाँको डेराकोठाबाट लागूऔषधसहित नियन्त्रणमा लिएको हो ।’
उनका अनुसार प्रहरीले बानियाँको कोठाबाट बुप्रिनर्फिन ३सय ५३ एम्पुल, डाईजापाम ३ सय ५९ एम्पुल, फेनरागन ३ सय ४५ गरी १ हजार ५७ एम्पुल, नाईट्रोभ्याट–१० लेखेको १ हजार ७० चक्की, नुर्फिन लेखेको स्टिकर १ सय ७४ थान र एक थाना मोबाइलसहित पक्राउ गरेको हो ।

यस्तै कास्की प्रहरीले लागूऔषधसहित थप एक जनालाई पक्राउ गरेको छ । प्रहरीले पोखरा–८ सिमलचौरबाट लागूऔषधसहित खोटाङका ४० वर्षीय बिरबहादुर तामाङलाई पक्राउ गरेको छ ।
खोटाङको वाकाचुल गाउँपालिका–२ स्थायी घर भएका तामाङलाई प्रहरीले बुप्रिनर्फिन ५ एम्पुल, डाईजापाम ५ एम्पुल र फेनरागन ५ एम्पुल र नाईट्रोभ्याट १० लेखेको २० चक्की लागूऔषधसहित पक्राउ गरेको हो ।
पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत कास्कीबाट लागूऔषध सम्बन्धी मुद्धामा ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडी बढाएको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

