पेरिस ओलम्पिकमा अमेरिका पहिलो
चीन दोस्रो
काठमाडाैं | साउन २८, २०८१
काठमाडौं: पेरिस ओलम्पिक २०२४ चीनलाई पछि पार्दै अमेरिका पहिलो भएको छ ।
दुई साताभन्दा धेरै दिन चलेको ओलम्पिकमा अमेरिका र चीन को अगाडि रहने भन्ने प्रतिस्पर्धा चलिरहेकोमा अन्तिम दिन अमेरिकाले बाजी मारेको हो ।
पेरिस ओलम्पिकको अन्तिम दिन अमेरिकाले महिला बास्केटबलमा रोमाञ्चक स्वर्ण जितेपछिपछि पदकतालिकामा चीनलाई पछि पारेको हो ।
रोमाञ्चक खेलमा अमेरिकाले आयोजक फ्रामन्सलाई ६७-६६ ले पराजित गरेको थियो ।
अमेरिका र चीनले समान ४० स्वर्ण जितेको थियो । तर रजत पदक धेरै जितेको आधारमा अमेरिका पहिलो बनेको हो ।
अमेरिकाले ४० स्वर्ण ४४ रजत र ४२ कांस्य सहित १२६ पदक जित्यो ।
यस्तै चीन ४० स्वर्ण २७ रजत र २४ कांस्यसहित ९१ पदक जितेर दोस्रो भयो ।
अर्को एसियाली राष्ट्र जापान तेस्रो भयो । जापानले २० स्वर्ण १२ रजत र १३ कांस्यसहित ४५ पदक जित्यो ।
अष्ट्रेलिया १८ स्वर्ण १९ रजत र १६ कांस्य ५३ पदक जोडेर चौथो भयो । आयोजक फ्रान्स पाँचौ स्थानमा रह्यो । फ्रान्सले १६ स्वर्ण २६ रजत र २२ कांस्यसहित ६४ पदक जित्यो ।
पेरिस ओलम्पिकमा २०६ राष्ट्र सहभागी भएकोमा ९१ राष्ट्रले पदक जितेका थिए ।
पोखरा: नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा निर्माता एवं अभिनेत्री माया गुरुङले आर्थिक सहयोग गरेकी छिन् । गुरुङ चलचित्...
इटहरी: गोलीसहितको पेस्तोल र केही परिमाणमा लागुऔषधसहित नेपाल प्रवेश गर्नलागेका एक भारतीय नागरिकलाई सशस्त्र प्रहरी बलको टोलीले सुनसरी जिल्लाको कोशी गाउँपालिका–३, जमुवा क्ष...
पोखरा: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार गनेस पौडेलले घरदैलो केन्द्रित संवाद यात्रा अभियानलाई निरन्तरता दिएका छन्। यसअन्तर्गत विहिब...

