बागलुङ बसपार्कमा भोलि खुला रक्तदान हुँदै

पाेखरा | साउन २३, २०८१

बागलुङ बसपार्कमा भोलि खुला रक्तदान हुँदै

पोखरा:    लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ एम, जोन नाइन अन्तरगर्तका लायन्स क्लबले पोखरा महानगरपालिका २ स्थितबागलुङ बसपार्कमा खुला रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ ।

 

लायन्स क्लब अफ पोखरा गतिशिल, लायन्स क्लब अफ पोखरा गोल्डेन भिलेज, लायन्स क्लब अफ पोखरा ग्रिन वेभको सँयुक्त आयोजनामा यही बिहीबार रक्तदानको आयोजना गरिएको ग्रीन वेभकी अध्यक्ष सरस्वती पुरीले जानकारी दिइन् ।

 

उनका अनुसार रक्तदान बिहानी ७ बजेबाट सुरु हुनेछ । 

 

‘रक्तदान जीवनदान, जीवनदान महादान’ भन्ने नारासहित कार्यक्रमको आयोजना गरिएको अध्यक्ष पुरीले बताइन् । ‘क्लबले हरेक वर्ष आफ्नो वाषर््िाक कार्यतालिका अनुसार विभिन्न कार्यक्रमहरु गर्नुपर्ने हुन्छ, उनले भनिन्, ‘सोही अन्तर्गत हामीले रक्तदानको आयोजना गरेका हौं । यसले रगतको अभावलाई केही हदसम्म कम गर्न सघाउ पुग्ने हाम्रो विश्वास छ ।’

 

अहिले प्राकृतिक विपत्तीका कारण गण्डकी प्रदेशमा तुलनात्मक रुपमा रगतको कमी भएको बताइएको छ ।

 

सो कार्यक्रममा प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी, रक्त रञ्चार केन्द्रको रहने छ ।

पोखरा:   टुबोर्गको मुख्य प्रायोजनमा आयोजित चौथों सिमपानी साँझबाट करिब ७ लाख संकलन भएको छ ।   शुभ दिपावलीको अवसरमा त्रिशक्ति समाज सेवा क्लबले आयोजना गरेको देउसी भैलो तथा सांस्कृतिक कार्...

थप पढ्नुहोस्

काठमाडौँ:    वैचारिक आस्था र राजनीतिक आबद्धतालाई ‘रिजर्भ’ मा राखेका समाजका चर्चित व्यक्तिहरूले जेनजी आन्दोलनयता खुलेर राजनीतिक यात्रा थालेका छन् ।   राजनीतिक यात्राको आर...

थप पढ्नुहोस्

उदयपुर:  सबै मानिसको आ–आफ्ना सपना लक्ष्यहरु रहेका हुन्छन्, कसैको लक्ष्य सङ्घर्षका क्रममा पूरा हुन्छ भने कसैले लक्ष्य प्राप्तिका लागि सङ्घर्षरत रहँदै गर्दा अचानक बीचमा जीवनलीला नै अन्त्य भएर यो संसारबाट सधैँ...

थप पढ्नुहोस्