आयुर्वेदिक उपचारमा आकर्षण
काठमाडाैं | असार २४, २०७९
काठमाण्डौँ: धामीझाँक्री र एलोपेथिक औषधिमा निर्भर हुँदै आएका स्थानीयवासी पछिल्लो समय आयुर्वेदिक उपचारमा आकर्षित भएका छन् । नियमित हेल्थपोष्ट जाने बानी परेका बिरामीमा जडीबुटी मिश्रण औषधिले राम्रो लक्षण देखाएपछि सामान्य उपचारका लागि पछिल्लो समय आयुर्वेदिक स्वास्थ्य केन्द्रतर्फ जान थालेका हुन्। आयुर्वेदिक उपचार सेवाका लागि आयुर्वेद विभागले रसुवाको पारच्याङ, भोर्ले, लहरेपौवा, स्याफ्रु तथा धुञ्चेसमेतको स्थानबाट सेवा प्रदान गरिरहेको छ ।
जिल्ला आयुर्वेद केन्द्र प्रमुख डा अमूल दाहालका अनुसार आयुर्वेदिक उपचारबाट चालु आर्थिक वर्षमा जिल्लाभर नौ हजार ९३३ पुरुष र तीन हजार २५२ महिला गरी कूल १३ हजार १८५ नागरिकले सेवा लिइसकेका छन् । जिल्लावासीलाई पहिला एउटा सिटामोलसमेत पाउन गारो हुने गरेकामा अहिले दुईवटा अस्पताल, गाउँगाउँमा स्वास्थ्यचौकी, गाउँघर क्लिनिक, महिला स्वयसेविकाको व्यवस्थाका साथै ठाउँठाउँमा आयुर्वेदिक स्वास्थ्य केन्द्र र उपकेन्द्र सञ्चालनले उपचार सेवा निकै सहज भएको जिवजिवे महादेवस्थान टोलका समाजसेवी चिरञ्जीवी पौडेलले बताउनुभयो ।
कार्यरत चिकित्सकमध्ये जिल्ला अस्पतालमा डा आनन्द श्रेष्ठ, विजय खनाल, रमेश खरेल, एवं आयुर्वेदतर्फ डा बाबुराजा अमात्य तथा सत्यराज थपलियाको योगदान महत्वपूर्ण रहेको स्थानीय बासिन्दाले बताए ।यस्तै जडीबुटी औषधिका साथै परम्परागत रूपमा उपयोगमा आएको धामीझाँक्रीको व्यवस्था अहिले पनि विद्यमान छ । गाउँ घरमा बिरामी पर्नासाथ पहिलो चरणमा झाँक्रीमार्फत फुकफाक गराएर मात्र औषधि खुवाउने वा स्वास्थ्य केन्द्र लाने चलन अझै पनि विद्यमान छ । नियमित फुक्ने झाँक्रीले पनि अब एकपटक मात्र फुकेर छिटो अस्पताल लैजान सुझाव दिन थालेका छन् ।
अस्पताल नहुँदादेखि चलिआएको पुरानो फुकफाकको चलन क्रमशः हटाउँदै लान आफूहरू पनि प्रयास रहेको सम्बद्ध झाँक्रीहरुले बताए । यो चलन हटाउन लामो समय लाग्छ । हामीहरूले छिटो अस्पताल लान सुझाव दिँदै अगाडि बढेका छौँ सोनाम झाँक्रीले बताउनुभयो ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

