महिला एसिया कप: बंगालदेशलाई १० विकेटले हराउँदै भारत फाइनलमा

काठमाडाैं | साउन ११, २०८१

महिला एसिया कप: बंगालदेशलाई १० विकेटले हराउँदै भारत फाइनलमा

एजेन्सी:  भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो। 

 

८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा ९ चौका र १ छक्का प्रहार गरिन् ।

 

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ८ विकेटको क्षतिमा ८० रन मात्र बनाउन सकेको थियो। टोलीकी कप्तान निगर सुल्तनाले सबैभन्दा बढी ३२ रन जोडिन्।

 

स्वर्ण अख्तरले १९ रन बनाइन् । त्यसबाहेक कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

 

भारतकी रेनुका सिंहले ४ ओभरमा १ मेडन राख्दै १० रन खर्चेर ३ विकेट लिइन्। राधा यावदले ४ ओभरमा १ मेडनसहित १४ रन खर्चदै ३ विकेट हात पारिन् । पुजा भास्त्रकर र दिप्ती शर्माले समान १ विकेट लिए।

 

भारतले पाकिस्तान र श्रीलंकाबीचको विजेतासँग फाइनल खेल्नेछ। साविक विजेता समेत रहेको भारत ८ मध्ये ७ संस्करण को च्याम्पियन हो । सन् २०१८ मा बंगलादेशले उपाधि जितेको थियो।

काठमाडौं:  भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजाआराधना गरी मनाइँदैछ।  भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सु...

थप पढ्नुहोस्

काठमाडौं:  हरितालिका (तीज) पर्वमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि मूल मन्दिरका चार ढोका बिहान ३ः०० बजेदेखि खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । तीजका अवसरमा भगवान् श्रीपशुपतिनाथ...

थप पढ्नुहोस्

 पोखरा:  पोखराको पुरानो टुँडिखेलमा जारी तेस्रो संस्करणको ऐतिहासिक टुँडिखेल तीज महोत्सव २०८२ अन्र्तगत सोमबारदेखि ढिकि जातो प्रतियोगिता सुरु भएको छ । ‘हाम्रो सँस्कृति हाम्रो पहिचान लोपोन्...

थप पढ्नुहोस्