जानकीका विद्यार्थीलाई पोखरा ग्राण्डको साथ
पाेखरा | साउन ९, २०८१
पोखरा: विद्यार्थीको सिकाईलाई पाठ्यक्रम महत्वपूर्ण हुन्छ । त्यसैलाई मध्येयनजर गर्दै पोखरा महानगरपालिका वडा नं. १७ महतगौडास्थित जानकी माध्यमिक विद्यालयका विद्यार्थीलाई पोखरा ग्राण्डले शैक्षिक सामाग्री उपलव्ध गराएकोे छ ।
विद्यालयको कक्षा १० मा अध्ययनरत १७ जना एसइईको तयारी गरि रहेका छात्रछात्रालाई पोखरा ग्राण्डले करिव ३० हजार रुपैया मुल्य बराबरका बिभिन्न बिषयको प्रश्नपत्रको संगालो टेनशेट, गणित र विज्ञानको अभ्यास पुस्तिका वितरण गरेको हो ।
पोखरा १७ का वडासदस्य शिवराम भण्डारीले विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण गर्दै गुणस्तरीय शिक्षाका लागि सवैको साथ र सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।
होटल पोखरा ग्राण्डका एचआर मेनेजर कल्पना बरालले सामाजिक उत्तरदायित्व अन्तर्गत सामुदायिक विद्यालयका विद्यार्थीलाई पठनपाठनमा सहयोगी पुस्तक उपलव्ध गराएको जानकारी दिनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र गुरुङ, सदस्यहरु हरिप्रसाद बास्तोला, डिलमाया भण्डारी, प्रधानाध्यापक अर्जुन कडेल, कमल आचार्य, भिम रिजाल, पोखरा ग्राण्डका प्रेम कुमार कटुवाल, विष्णुप्रकाश श्रेष्ठ र तिलक शर्मा लगायतले विद्यार्थीलाई पुस्तक वितरण गर्नुभएको थियो ।
पुस्तक एक बर्षपछि फिर्ता गरि कक्षा ९ मा अध्ययनरत विद्यार्थीलाई पुनः वितरण गरिने कार्यक्रम रहेको विद्यालयका शिक्षक तुलसी गिरीले कार्यक्रममा जानकारी दिनुभयो ।
नेकपा (एमाले) ले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा शनिबार बसेको सचिवालय बैठकले उम्मेदवारको टु...
पोखरा: ११६ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारी पर्यटन व्यवसायी महिला संघ(टेवान) पोखराले समाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा आज पोखरामा महिलालाई लक्षित गरी मेनोपज सचेतना ...
काठमाडौंः नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर आधा रु ९५५ मा बिक्री वितरण गर्ने निर्णय गरेको छ । निगमले बिहीबार विज्ञप्ति जारी गरी हालको परिस्थितिला...

