सिटी जिम र खेलकुद पत्रकारबीच मैत्रीपूर्ण फुटसल
पाेखरा | असार २९, २०८१
पोखरा: पोखरा ९ नयाँबजारमा रहेको सिटि जिम र खेलकुद पत्रकार मञ्च गण्डकी बिच भानु जयन्तीको अवसरमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न भएको छ ।
सिटी जिमले हप्ताको एक दिन फुटसल खेल खेल्ने आफ्नो अभियानलाई अघि बढाउँदै खेल क्षेत्रमा कलम चलाउँदै आएका खेल पत्रकारको छाता संगठन खेलकुद पत्रकार मञ्च गण्डकी सँग मैत्रीपूर्ण फुटसल खेलेको हो ।
मैत्रीपूर्ण प्रतियोगितामा सिटी जिमले १९–५ गोलले जित हासिल गरेको छ । अत्याधुनिक प्रविधिसहित सञ्चालनमा आएको जिमले गुणस्तरीय सेवा दिदैँ आइरहेको सञ्चालक गोकर्ण कार्कीले बताए । उनका अनुसार जिमले हरेक हप्ता विभिन्न क्लब तथा संघसंस्थाहरु सँग मैत्रीपुर्ण फुटसल खेल खेल्दै आइरहेको छ ।
गण्डकी प्रदेशलाई खेल पर्यटनको विश्वव्यापी ‘हब’ बनाउन सकिने पर्याप्त आधार भए पनि राज्यको स्पष्ट दृष्टिकोण र लगानीको अभावमा यो क्षेत्र अझै बामे सर्न सकेको छैन । नेपाल खेलकुद पत्रकार मञ्च गण्ड...
पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...
बन्दीपुर । पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ । गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...

