त्रिशूलीमा बेपत्ता तीनजनाको शव फेला
चितवन | असार २९, २०८१

चितवन: नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९, सिमलतालमा पहिरोले बगाएको बसका बेपत्ता यात्रुमध्ये तीनजनाको शव भेटिएको छ । तीन शव भेटिएको र दुईजनाको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए ।
सर्लाहीको बरहथवा नगरपालिका–३ का १९ वर्षीय रमितकुशर माझी र भारतको बिहारका २८ वर्षीय ऋषिपल साहको पहिचान खुलेको हो । साहको शव शनिबार बिहान ११ बजे भेटिएको थियो । माझीको शव साँझ भेटिएको हो । माझीका बुवा रवीन्द्रकिशोर र साहका दाजुले सनाखत गरेको प्रहरीले जनाएको छ ।
काठमाडौंबाट रौतहटको गौर जान आउँदै गरेको वाग्मती प्रदेश०३–००१ख २४९५ नम्बरको बसमा सवार दुवैजनाको शव नारायणी नदीको गाँजीपुर र नवलपुर क्षेत्रमा भेटिएको हो । ती शव भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।
सुरुकै दिनदेखि प्रहरीले बस तथा यात्रुको खोजी गरिरहेको छ । तर, अँध्यारो भएकाले साँझदेखि खोजीको काम रोकिएको छ । आइतबार बिहान ७ बजेदेखि पुनः काम सुरु गरिने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । उनका अनुसार, आइतबार गृहसचिवसहितका सुरक्षा निकायका प्रमुखले घटनास्थलको निरीक्षण गर्ने कार्यक्रम छ ।
शुक्रबार (हिजो) काठमाडौंबाट गौर जान आउँदै गरेको वाग्मती प्रदेश०३–००१ख २४९५ नम्बरको बस र पर्साको वीरगन्जबाट काठमाडौंतर्फ जाँदैै गरेको वाग्मती प्रदेश ०३–००६ख १५१६ नम्बरको बस भरतपुर महानगरपालिका–२९, सिमलतालमा पहिरोमा परी त्रिशूली नदीमा खसेको थियो । गौर जान आउँदै गरेको बसमा २७ र काठमाडौं जाँदै गरेको बसमा सवार २४ जना बेपत्ता भएका थिए ।
काठमाडौं: नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले पदबहाली गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रपति कार्यालय शीतल निवासमा शपथग्रहण गरेसँगै उनले पद बहाली गरेका हुन् । अर्याललाई गृह ...
काठमाडौं: नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले कार्यभार सम्हालेका छन् । सोमबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ ग्रहण गरेपछि उनले पदबहाली गरेका हुन् । उनीनेपाल विद्युत् प्राधिकरणको पूर्व कार्यकारी प्रमुख हु...
काठमाडौं: वेस्ट इन्डिजसँगको टी–२० आई सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) नेपाली टोली घोषणा गरेको छ। क्यानले सोमबार रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको छ। ...