पृथ्वी राजमार्ग पुन: अवरुद्ध
धादिङ | असार २७, २०८१
तस्बिर फाइल
धादिङ: बेनीघाट रोराङ्ग गाउँपालीका स्थित पृथ्वी राजमार्गको जवाङ्ग खोला नजिकै पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ ।
अविरल वर्षाका कारण विहानैदेखी राजमार्गको विभिन्न स्थानमा खसेको पहिरोका कारण राजमार्ग अवरुद्ध भएकोममा पटक पटक खुलाएकोमा पुन बन्द भएको हो ।
चितवनको ईच्छाकामना गाउँपालीकाको फिस्लिङ् नजिकै खसेको पहिरो हटाई सवारी सुचारु गरिएकोमा जवाङ्ग खोला नजिकै पुन पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।
सडकमा खसेको पहिरो हटाउनका लागी जिल्ला प्रहरी टोलि खटि सकेको छ भने चट्टान खसेकोले हटाउनको लागि केही समय लाग्ने प्रहरी चौकी जोगिमाराले जनाईएको छ । अवरुद्ध राजमार्गका कारण राजधानी प्रवेशकालागि आएका र राजधानीबाट बाहिरिने सवारीका साधनहरु रोकिएका छन् ।
काठमाडौं: पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँ र त्यति नै ...
पोखरा: सामाजिक क्षेत्रमा क्रियाशिल युनाइटेड क्लबको आयोजनामा यही पौष २९ गतेदेखि १४ औं संस्करणको पोखरा महोत्सवको आयोजना हुने भएको छ । उक्त महोत्सव माघ ११ गतेसम्म चल्ने आज आयोजित ...
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारलाई सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने स्पष्ट कार्यादेश दिइएको बताउँदै त्यसतर्फ सरकार गम्भीरतापूर्वक अघि बढिरहेको बताउनुभएको छ। ...

