स्व. कल्याणको सम्झनामा ६ लाख राशीको दोहोरीगीत प्रतियोगिता हुने

बस्नेत र रायमाझीलाई सम्मान गरिने

पाेखरा | असार २२, २०७९

स्व. कल्याणको सम्झनामा ६ लाख राशीको दोहोरीगीत प्रतियोगिता हुने

 

पोखरा:   लोक स्रष्टा, साधक तथा शिल्पी कल्याण शेरचनको ७६ औँ जन्मजयन्तीको अवसरमा पोखरामा नेपालकै सर्वाधिक पुरस्कार राशीको राष्ट्रिय खुल्ला दोहोरीगीत प्रतियोगिता आयोजना हुने भएको छ । 

 

कल्याण शेरचन स्मृति प्रतिष्ठान नेपालले आगामी साउन १२ देखि १४ गतेसम्म पोखरा सभागृहमा स्रष्टा सम्मान तथा राष्ट्रिय खुल्ला दोहोरीगीत प्रतियोगिता सञ्चालन गर्ने आज (बुधबार) पोखरामा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।

 

प्रतिष्ठानका अध्यक्ष क्या. पूर्ण बहादुुर गुरुङ ‘ह्योल्मो’ नेपालकै सर्वाधिक पुरस्कार राशीको दोहोरीगीत प्रतियोगिता आयोजना गर्न गइरहेको बताए । उनका अनुसार उक्त प्रतियोगिताको विजेता जोडीले नगद रु ६ लाख प्राप्त गर्नेछ । यसैगरि द्वित्तिय हुने युगल जोडीले ४ लाख, तृतीय हुनेले २ लाख र सान्तवना  स्थान हाँसिल गर्ने जोडीले १ लाखको हकदार बन्नेछ ।

 

उनले उत्कृष्ट गायक र गायिकाकालाई जनही ५० हजारले पुरस्कृत गर्ने जानकारी दिदै अनुशासित एक समुहलाई नगद रु ५० हजार प्रदान गरिने बताए ।
यसैगरी प्रतिष्ठानका सचिव तथा कार्यक्रम संयोजक जीवन दाहालले उक्त प्रतियोगितामा देशभरबाट करिब प्रतियोगितामा ४० देखि ४५ समुहको सहभागिता रहने बताए । 

 

उनले प्रत्येक समुहलाई प्रतियोगिताबाट नबाहिरिदासम्म दैनिक ३ हजार भत्ताको व्यवस्था गरेको समेत बताए । दाहालका अनुसार एउटा टोलीमा एक पुरुष र एक महिला रहनेछन् ।

 

उक्त प्रतियोगिताको निर्णायक मण्डलको संयोजकमा राष्ट्रिय लोक तथा दोहारीगीत प्रतिष्ठानका अध्यक्ष रमेश बिजी रहनेछन् ।

 

स्रष्टा सम्मान छनोट समितिका संयोजक खेम गुुरुङका अनुसार सोही कार्यक्रमकै अवसरमा यसवर्ष स्वर्गीय योगन्द्र बहादुर बस्नेत र कलाकार तथा संगितकार नारायण रायमाझीलाई नगद २५ हजारसहित सम्मान गरिने छ ।

म्याग्दी:  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने नारच्याङ भएर बग्ने नदीमा १६२ मेगावाट क्षमताका पाँच वटा जलविद्युत् आयोजना निर्माण भएका छन् । थप ६३ दशमलव तीन मेगावाट क्षमताको एउटा आयोजना निर्माणाधीन...

थप पढ्नुहोस्

गण्डकी:  मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत पोखरा–बागलुङ खण्डमा ठाउँपिच्छे परेका खाल्डाखुल्डीका कारण यातायात सञ्चालनमा जोखिम बढेको छ ।  पर्यटकीय राजधानी पोखरा जोड्ने मुख्य सडक बिग्रँदा यात्रु...

थप पढ्नुहोस्

काठमाडौं: सरकारले जेन–जी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयमा आज बसेको बैठकले जेन(जी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा...

थप पढ्नुहोस्