पोखरामा डुबानमा फसेका २ बालबालिकासहित ४ जनाको सकुशल उद्धार
पाेखरा | असार २६, २०८१
Photo: APF
पोखरा: अविलर वर्षाका कारण पोखरा महानगरपालिका–२७ दिपाङ्ग तालमा पानीको सतह बढेपछि डुवानमा फसेका एकै परिवारको ४ जनाको सशस्त्र प्रहरी बलले सकुशल उद्धार गरेको छ ।
गुल्मी स्थायी घर भई पोखरा–२७ सत्यारज ढकालको घरमा भाडामा बस्दै आएका एकै परिवारका ४ जना डुबानमा परेका थिए ।
अविरल वर्षाका कारण पोखरा–२७ स्थित दिपाङ्ग तालमा पानीको सतह बढेपछि डुबानमा फसेका ४ जनाको सशस्त्र प्रहरी बलको नं. २४ कालिका गण पोखराबाट खटिएको टोलीले सकुशल उद्धार गरेको हो ।
सशस्त्र प्रहरी बलको टोलीले डुबानमा फसेका ५४ वर्षीय रामबहादुर अधिकारी, ३९ वर्षीय सृजना अधिकारी, ६वर्षीय आयुष अधिकारी र ४ वर्षीय आयुष्का अधिकारीलाई सकुशल उद्धार गरेको हो ।
मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...
निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ । ...
काठमाडौँ: निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ । आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

