गोस्तेका बाढी पीडितलाई रोल्पा–पोखरा सम्पर्क समाजको राहत

पाेखरा | असार २५, २०८१

गोस्तेका बाढी पीडितलाई रोल्पा–पोखरा सम्पर्क समाजको राहत

पोखरा:     अविरल वर्षाका कारण सेती नदीमा आएको बाढीले प्रभावित पोखरा महानगरपालिका–१४, गोस्तेका पीडितलाई रोल्पा पोखरा सम्पर्क समाजले सोमबार राहत वितरण गरेको छ । नदीको बहाव बढ्दा असार २२ गते गोस्ते सेती किनारमा रहेका करिब ४० घर प्रभावित भएका थिए ।


बाढीले १५ घर परिवार विस्थापित भएको र त्यसमध्ये अतिप्रभावित र विपन्न वर्गका ८ घर परिवारलाई राहत वितरण गरिएको समाजका पूर्वअध्यक्ष सुन्दर बुढामगरले जानकारी दिए । उनका अनुसार बाढी पीडितलाई चामल, दाल, तेल, नुनलगायत सहयोग गरिएको हो ।


‘नदी किनारमा रहेका घरहरु निकै जोखिममा थिए । २२ गतेको बाढीले कतिपयको घर पूर्ण रुपमा बगाएको रहेछ । हामी समाजका सदस्यहरु मिलेर उहाँहरुलाई राहत वितरण गरेका छौं,’ बुढामगरले भने । असार १९ गतेदेखि परेको भारी वर्षाले कास्की, पोखरालगायत देशैभरि मानवीय तथा भौतिक क्षति पु¥याएको थियो ।
 

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ।   छैटौँ तहका इन्जिनियर खड्काले पुलको...

थप पढ्नुहोस्

पोखरा ।   युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ ।   भगवती युवा ...

थप पढ्नुहोस्

फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ।  अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

थप पढ्नुहोस्