ड्रिंक एण्ड ड्राइभ: एम्बुलेन्स दुर्घटनापछि तनहुँमा पक्राउ परे पोखराका मिया
पाेखरा | असार २१, २०८१
तनहुँ: जिल्ला प्रहरी कार्यालय तनहुँले मादक पदार्थ सेवन गरेर एम्बुलेन्स चालाएको आरोपमा पोखराका एक युवालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१३ मियापाटनका ५० वर्षीय अन्नजन मिया रहेका छन् ।
ग २ च ७००२ नम्बरको एम्बुलेन्स म्याग्दे गाउँपालिकामा दुर्घटना भएको थियो ।
त्यसपछि अनुसन्धानका क्रममा मादक पदार्थ सेवन गरेर चलाएको पुष्टि भएको भन्दै मियालाई नियन्त्रणमा लिइएको तनहुँ प्रहरीका प्रवक्ता तथा डिएसपी दिपककुमार रायले बताए ।
डिएसपी रायका अनुसार मियालाई अहिले अभद्र कसुरमा मुद्धा दर्ता गरी अनुसन्धान अघि बढाइएको छ ।
मियाले विगतदेखि पोखरा महानगरपालिका–१३ मियापाटनस्थित मुस्लिम धार्मिक सेवा समितिद्वारा सञ्चालित एम्बुलेन्स चलाउदै आएका थिए ।
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...
पोखरा —चङ्गा प्रोडक्सनको आयोजनामा पोखरा रङ्गशालाको कभर्ड हलमा सम्पन्न ‘चङ्गा अल–स्टार फुटसल २०२६’ प्रतियोगितामा टिम प्याराडाइम च्याम्पियन बनेको छ । फाइनल खेलमा टिम क्रियटरलाई...
पोखरा —प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार आयोजना गर्ने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ...

