पोखरामा मोटरसाइकल दुर्घटना हुँदा विदेशी नागरिक गम्भीर घाइते
पाेखरा | असार २०, २०८१

पोखरा: पोखरामा आज बिहान बेनेली मोटरसाइकल दुर्घटना हुँदा एक विदेशी नागरिक गम्भीर घाइते भएका छन् ।
मुस्ताङचोकबाट पृथ्वीचोकतर्फ आउँदै गरेको बा ९० प ५८३९ नम्बरको मोटरसाइकल नागढुङ्गाको उकालोमा अनियन्त्रित भई दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रहरी वरिष्ठ नायव निरिक्षक मिन बहादुर खड्काले जानकारी दिए ।
मोटरसाइकल दुर्घटना हुँदा विदेशी नागरिक (चालक) गम्भीर घाइते भएको उनले बताए ।
‘मुस्ताङचोकबाट पृथ्वीचोकतर्फ आउँदै गरेको मोटसाइकल नागढुङ्गाको उकालोमा अनियन्त्रित भई दुर्घटना हुँदा विदेशी नागरिक गम्भीर घाइते भएका छन्’, खड्काले भने, ‘दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि फेवासिटी अस्पतालमा लगेका छौं, अहिले उपचार भइरहेको छ ।’
उनका अनुसार दुर्घटनामा गम्भिर घाइते भएका विदेशी नागरिकको परिचय खुलेको छैन । सो घटनाबारे थप अनुसन्धान भइरहेको ट्राफिक कार्यालय कास्कीले जनाएको छ ।
पोखरा: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले इस्लाम धर्मावलम्बीहरूको पवित्र पर्व ईद–उल–अज्हा (बकर इद)–२०८२ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । आज एक शुभकामना सन्दे...
काठमाडौं: सरकारले भोलि (शनिवार) इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद–उल–अजहा) का दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारले पर्वको शुभकामना सहित बिदा दिने निर्णय गरेको...
पोखरा: पोखरा महानगरपालिका १ मोहरिया टोलस्थित विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा शुक्रबारीय कार्यक्रम अन्तर्गत अंग्रेजी हिज्जे प्रतियोगिता सम्पन्न भएको छ । अंग्रेजी हिज्जे प्रतियोगितामा आधारभुत तहमा...