पोखरामा मोटरसाइकल दुर्घटना हुँदा विदेशी नागरिक गम्भीर घाइते

पाेखरा | असार २०, २०८१

पोखरामा मोटरसाइकल दुर्घटना हुँदा विदेशी नागरिक गम्भीर घाइते PHOTO: LAL PRASAD SHARMA

पोखरा:    पोखरामा आज बिहान बेनेली मोटरसाइकल दुर्घटना हुँदा एक विदेशी नागरिक गम्भीर घाइते भएका छन् । 


मुस्ताङचोकबाट पृथ्वीचोकतर्फ आउँदै गरेको बा ९० प ५८३९ नम्बरको मोटरसाइकल नागढुङ्गाको उकालोमा अनियन्त्रित भई दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रहरी वरिष्ठ नायव निरिक्षक मिन बहादुर खड्काले जानकारी दिए । 


मोटरसाइकल दुर्घटना हुँदा विदेशी नागरिक (चालक) गम्भीर घाइते भएको उनले बताए । 


‘मुस्ताङचोकबाट पृथ्वीचोकतर्फ आउँदै गरेको मोटसाइकल नागढुङ्गाको उकालोमा अनियन्त्रित भई दुर्घटना हुँदा विदेशी नागरिक गम्भीर घाइते भएका छन्’, खड्काले भने, ‘दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि फेवासिटी अस्पतालमा लगेका छौं, अहिले उपचार भइरहेको छ ।’


उनका अनुसार दुर्घटनामा गम्भिर घाइते भएका विदेशी नागरिकको परिचय खुलेको छैन । सो घटनाबारे थप अनुसन्धान भइरहेको ट्राफिक कार्यालय कास्कीले जनाएको छ । 

भक्तपुर:    नेपाल पत्रकार महासङ्घको प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला मध्यपुरथिमिको बोडेमा गएराति सम्पन्न भएको छ ।  नेपाल पत्रकार महसङ्घ केन्द्रीय समितिको आयोजना तथा नेपाल पत्रकार मह...

थप पढ्नुहोस्

पोखरा:    लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ ‘जे’ नेपाल अन्तरगतको ४ वटा क्लवहरुको संयुक्त पदस्थापन सम्पन्न भएको छ ।  शुक्रबार साँझ भएको रिजन १६ अन्तर्गतको जोन ३१ मा रहेका क्लबहर...

थप पढ्नुहोस्

पोखरा:   पोखरा महानगरपालिका वडा नं ३२ तल्लो गगनगौंडास्थित स्थित गगनकालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १५ औं वार्षिक साधारणसभा एक कार्यक्रमका बीच आज सम्पन्न गरेको छ ।      ...

थप पढ्नुहोस्