युवालाई नेतृत्व तहमा पुर्याउन नमुना युवा संसद अभ्यास कार्यक्रम प्रभावकारी: मन्त्री थापा
पाेखरा | असार १३, २०८१
पोखरा: गण्डकी प्रदेश सरकारका सामाजिक तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले युवालाई नेतृत्व तहमा पु¥याउन नमुना युवा संसद अभ्यास कार्यक्रम प्रभावकारी भएको बताएका छन् ।
मन्त्रालयकै आयोजनामा विहिबार देखि सुरु भएको उक्त कार्यक्रमको उदघाटन गर्दै उनले यस्तो बताएका हुन् । मन्त्री थापाले कार्यक्रमबाट युवाको क्षमता अभिवृद्धिमा समेत टेवा पुग्ने विश्वास लिएका छन् । संसद अभ्यास सँगै नेतृत्व विकास सम्बन्धि सिकाईले सामाजिक रुपान्तरणमा युवाको भूमिकालाई मजबुत बनाउने उनले उल्लेख गरे ।
“युवा भविष्यका कर्णदार हुन् । युवा बिना देश विकास सम्भव छैन् । युवालाई नेतृत्व तहमा पु¥याउन र क्षमता अभिवृद्धि गर्न प्रदेश नमूना युवा संसद अभ्यास कार्यक्रम प्रभावकारी देखिन्छ । आशा छ, मन्त्रालयले आजबाट चार दिनसम्म आयोजना गरेको उक्त कार्यक्रमबाट सहभागी सबै भाईबहिनीहरु लाभान्वित हुनुहुनेछ । सामाजिक रुपान्तरणमा यहाँहरुको भूमिका अब्बल रहनेछ, सबैलाई शुभकामना ।”, उनले भने ।
मन्त्रालयका सचिव प्रकाश पौडेलले नेतृत्वको अवसर सिर्जना गर्न, विकास गर्न र क्षमतामा अब्बल बनाउन नमुना युवा संसद अभ्यास प्रभावकारी रहेको उल्लेख गरे । उनले नमुनाका रुपमा उत्पादित जनशक्तिलाई नमुनाकै रुपमा विभिन्न तहमा ल्याउने प्रयास अन्तर्गत नै कार्यक्रमको आयोजना गरिएको बताए । कार्यक्रम संयोजक एवम् मन्त्रालयका युवा तथा खेलकुद महाशाखाका उपसचिव प्रकाश देवकोटाले कार्यक्रमको उद्देश्यका विषयमा प्रकाश पारेका थिए ।
चार दिनको कार्यक्रमको प्रशिक्षकका रुपमा राष्ट्रिय युवा परिषदका अभिनास कार्की, विवेक त्रिपाठी र जिल्ला युवा परिषद कास्कीका विवेक देवकोटा प्रशिक्षकका रुपमा रहनेछन् । कार्यक्रमको समापनमा प्रदेश सरकारका सभामुख, मन्त्री र सांसदको उपस्थितिमा सहभागी युवाहरुले नमुना संसदको अभ्यास गर्नेछन् । कार्यक्रममा प्रदेशका विभिन्न जिल्लाका ३० जना युवाहरुको सहभागिता छ ।
गण्डकी प्रदेशलाई खेल पर्यटनको विश्वव्यापी ‘हब’ बनाउन सकिने पर्याप्त आधार भए पनि राज्यको स्पष्ट दृष्टिकोण र लगानीको अभावमा यो क्षेत्र अझै बामे सर्न सकेको छैन । नेपाल खेलकुद पत्रकार मञ्च गण्ड...
पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...
बन्दीपुर । पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ । गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...

