नेपाल आइडल विजेता परियारलाई प्रधानमन्त्रीद्वारा बधाई
काठमाडाैं | असार १२, २०८१
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल आइडल विजेता करण परियारलाई आज बिहान प्रधानमन्त्रीनिवास बालुवाटार बोलाएर बधाई दिनुभएको छ । उक्त अवसरमा उहाँले विजेता परियारलाई गितार उपहार दिनुभएको थियो ।
प्रधानमन्त्री दाहालले विजेता परियारलाई बधाई दिनुहुँदै सङ्गीतका खासखास कार्यक्रम आफूले हेर्ने गरेको उल्लेख गर्दै युवापुस्ताका हरेक सुखदुःखमा आफू साथमै रहेको बताउनुभयो ।
सो अवसरमा प्रधानमन्त्री दाहालले साङ्गीतिक क्षेत्रमा राम्रो सम्भावना र भविष्य भएकाले परियारले निरन्तर साधनामार्फत देशकै प्रतिष्ठा बढाउन मेहनत गर्ने विश्वास व्यक्त गर्नुभयो ।
पोखरा: मधेशी आयोगले सातौं वार्षिक प्रतिवेदन गण्डकी प्रदेश प्रमुखसमक्ष पेस गरेको छ । प्रदेश प्रमुखको कार्यालयमा आइतबार आयोजित कार्यक्रममा आयोगकी सदस्य आभासेतु सिंहले वार्षिक प्रतिवेदन प्रद...
काठमाडौं: सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा गुणाकर भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले आयोगको उपाध्यक्षमा डा ...
पोखरा: कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ स्थित पर्यटकीय गाउँ ल्वाङ्गमा बुधबारदेखि ३२ औं ऐतिहासिक चैते दशैं मेला सुरु हुँदै छ । ग्रीन हिल क्लबको आयोजनामा हुने यस मेला चैत २७ गतेसम्म चल्ने क्लबका अध्यक्ष सुज...

