पोखरामा अनुभव बाँड्दै अन्तराष्ट्रिय ख्यातीप्राप्त सेफ थापा

पाेखरा | असार ९, २०८१

पोखरामा अनुभव बाँड्दै अन्तराष्ट्रिय ख्यातीप्राप्त सेफ थापा

 पोखरा:     नेपालको पाँचतारे सोल्टी होटेल हुँदै हाल स्वीट्जरल्याण्डको प्रख्यात तारे होटलमा सेफको भूमिकामा रहनुभएका तनहुँका अर्जुनबहादुर थापाले आफ्ना  अनुभवलाई पोखरामा होटेल व्यवस्थापन विषयमा अध्ययनरत छात्रछात्रालाई सुनाउनुभएको छ ।
    

चार दशकदेखि सेफ पेसामा आवद्ध उहाँले नेपाली परम्परागत खानाको देश विदेशका प्रवर्द्धन र प्रचार गरी यसको विकासमा योगदान पुर्याउनुभएको छ नै उहाँको सफलता र अनुभव यतिखेर नेपालमा होटेल व्यवस्थापनका कक्षा पढ्दै गरेका विद्यार्थीका लागि प्रेरणाको स्रोत बनेका छन् ।
    

नेपाल सेफ एशोसिएसनका संस्थापक सदस्य एवम् हाल इन्टरनेशनल नेप्लीज सेफ सोसाइटी युकेका अध्यक्षसमेत रहनुभएका उहाँले शुक्रबार पोखराको छिनेडाँडास्थित स्थित नेपाल टुरिजम एण्ड होटेल म्यानेजमेन्ट कलेजमा आफ्ना अनुभव  विद्यार्थीमाझ सुनाउनुभएको थियो ।
    

होटेल म्यानेजमेन्टको कक्षा लिइरहेका विद्यार्थीका लागि महत्वपूर्ण अवसरहरू रहेको उल्लेख गर्दै उहाँले उच्च मनोबलका साथ आफ्नो अध्ययनलाई अघि बढाउन आग्रह गर्नुभयो । अध्ययनरत विषयमा दक्ष बन्न सकेमा अवसरमा कमी नहुने बताउँदै उहाँले आँफूहाल अमेरिकी रियालिटी सो ‘फेबरेट सेफ’ (मनपर्ने सेफ)मा हाल उत्कृष्ट पाँच सेफमा परी अब उत्कृष्ट तीनको लागि प्रतिस्पर्धामा रहेको जानकारी गराउनुभयो ।
    

‘फेबरेट सेफ’ विश्वभरका पाककला सिर्जना गर्ने सेफ तथा भान्सेहरूको लोकप्रिय एक अनलाइन प्रतियोगिता हो । यस प्रतियोगिताले पाककला सिक्दै गरेका तथा यसैमा लामो समय बिताएका सेफहरूबीच खानपान जीवनशैलीबारे रचनात्मक प्रदर्शन गर्ने अवसर दिन्छ । 


झण्डै सय जनामध्येबाट १० उत्कृष्टमा छनोट हुदै हाल पाँचौं उत्कृष्टमा पर्न सफल भएको सुनाउँदै उहाँले खानाका पारखीहरूको भोटले नै आफ्नो भविष्य निर्धारण गर्ने बताउनुुभयो । नेपालीको माया, साथ र भरोसाले अहिलेको अवस्थामा आइपुगेको बताउँदै उहाँले उत्कृष्ट पाँचबाट तीन हुँदै एकमा पुग्नका लागि आँफूूलाई अझै धेरै भोट र हौसला जरुरी रहेको बताउनुुभयो । थापालाई उत्कृष्ट तीनका लागि अब चार दिन जो कोहीले प्रत्येक २४ घण्टामा अनलाइन मार्फत एक पटक फ्रि भोटिङ गर्न पाउनेछन् ।
    
    
विश्वभरका ८९ मा सेफमध्येबाट प्रतिस्पर्धा गर्दै आइरहेका थापा प्रतियोगितामा विजयी बनेमा २५ हजार डलरका साथ ‘टेस्ट अफ दि होम’ म्यागेजिनको कभर स्टोरीमा समेटिनुुहनेछ । यसबाहेक चर्चित अमेरिकी सेफ कार्ला हलका साथ विशेष खानाका परिकार पकाउने अवसर पाउनुहुनेछ ।
    

बेलायत तथा स्वीट्जरल्याण्डमा गरी १७ वर्ष विदेशमा एसियाली खानाहरूमा समय बिताइसक्नुभएका थापाले सन् २०१० मा प्रतिष्ठित ब्रिटिस करी अवार्ड पनि प्राप्त गरिसक्नुभएको छ ।
    

थापालाई नेपाल टुरिजम एण्ड होटेल म्यानेजमेन्ट कलेज छिनेडाँडामा स्वागत गर्दै क्याम्पस प्रमुख प्रकाश रेग्मीले उहाँका अनुभव र भोगाई अध्ययन गर्दै गरेका विद्यार्थीका लागि प्रेरक रहेको बताउनुभयो ।
    

एघार र बाह्र कक्षाका साथै स्नातक तहमा ८०० जना विद्यार्थीलाई होटेल व्यवस्थापनको अध्ययनअध्यापन गराउँदै आएको क्याम्पसमा विविए, विविए–विआईका कक्षा सञ्चालन भैरहेको उहाँले जानकारी दिनुभयो । स्थापनाको २५ औं वर्ष मनाउँदै गरेको क्याम्पसबाट हालसम्म उत्पादित जनशक्ति विश्वका ४८ वटा राष्ट्रमा पुुगेको र कोही पनि बेराजगार नरहेको बताउनुभयो । 
    

कुल २६ रोपनी क्षेत्रफलमा सुविधासम्पन्न पूर्वाधार एवम् प्रयोगशाला सहितको क्याम्पसमा अध्ययन गरेका विद्यार्थीका लागि अमेरिका, कतार, थाइल्याण्ड, कुुवेत लगायत १० वटा राष्ट्रका तारे होटेलहरूमा इन्टर्नसिप गर्न पाउने र उक्त अवसरमा सिक्दै कमाउँदै गर्ने गरी व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । 
 

काठमाडौं:     नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले नेपाली विशेषताको समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम नलिने दृढता व्यक्त गर्नुभएको छ ।  नेत्रविक्रम चन्दको  नेतृत्वमा ...

थप पढ्नुहोस्

काठमाडौं:    नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीले ३४ जना बिरामीको घुँडाको शल्यक्रिया गरेको छ ।  अमेरिकाको सिकागोमा रहेको ‘अप्रेसन वाल्क सिकागो’ को सहयोगमा आएका विशेषज्ञ चिकित्सक...

थप पढ्नुहोस्

कञ्चनपुर:    पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ स्थित कलुवापुरमा यात्रुबाहक बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् । धनगढीबाट महेन्द्रनगर आउँदै गरेको ना ४ ख ७७५५...

थप पढ्नुहोस्