पुन समाज पोखरा ‘ए’लाई तारा खेलको उपाधि
पाेखरा | असार ९, २०८१
पोखरा: पुन समाज पोखरा तारो समितिले आयोजना गरेको प्रथम स्थानीय अन्तर समाज तारा खेल (भेजो) प्रतियोगिताको उपाधि पुन समाज पोखरा ‘ए’ले जितेको छ ।
पुन समाज पोखरा ‘ए’ले म्याग्दी मगर समाजलाई १३८–१३३ अंकले पछि पार्दै उपाधि हात पारेको हो । प्रतियोगितामा १२५ अंक सहित नेपाल छन्त्याल समाज नदीपुरले तेस्रो स्थान हासिल ग¥यो ।
पुन समाज नेपालले भुमे पर्व २०८१ को अवसर पारी तारो समितिको आयोजनामा प्रथम पटक स्थानीय अन्तर समाज तारा खेलको आयोजना गरेको हो । प्रतियोगितामा प्रथम भएको पुन समाज पोखरा ‘ए’ ले नगद ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र, दोश्रो भएको म्याग्दी मगर समाजले नगद ३० हजार, ट्रफी, मेडल र प्रमाणपत्र र तेश्रो हुने नेपाल छन्त्याल समाज नदीपुरले नगद २० हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
प्रतियोगितामा हाइस्कोर गणेश पुन र हाइ खोलको उपाधि राजु छन्त्यालले हात पार्दै कार्वन एरो प्राप्त गर्न सफल भए । त्यसैगरी जोर खोल गर्ने राजु छन्त्याल र सनम पाइजा पुनलाई समेत सम्मान गरिएको थियो ।
मुस्ताङ: धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या वृद्धि भएको छ । यहाँ सन् २०२४ को अनुपातमा सन् २०२५ मा २५ हजार ४०३ जना विदेशी पर्यटकको सङ्ख्या वृद्धि भएको राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्न...
ढोरपाटन: तमानखोला गाउँपालिका–३ को वडा कार्यालय भवन निर्माण रु एक करोड ६८ लागतमा भएको छ । वडाध्यक्ष झकबहादुर बुढा मगरका अनुसार एउटा सुविधायुक्त सभाहलसहित सात वटा कोठाको तीनतले भवन ...
काठमाडौं: पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँ र त्यति नै ...

