नेपाली भाषामा लडाई चलिरहेको छ: अधिकारी
प्रेस क्लबले उत्कृष्ट फिचर लेख्ने पत्रकारलाई नगद सहित सम्मान गर्ने
पाेखरा | असार ८, २०८१
पोखरा: गण्डकी प्रदेशका निर्वतमान मुख्यमन्त्री खगराज अधिकारीले भाषामा लडाई भइरहेको बताएका छन् । प्रेस क्लब गण्डकीले आयोजना गरेको पत्रकार क्षमता अभिवृद्धि –फिचर लेखन तथा भाषा शैली तालिमको उद्घाटन गर्दै अधिकारीले सो कुरा बताएका हुन्।
उनले भने , भाषामा व्याकरण विदहरुले अराजतकता भएको टिप्पणी गर्छन् । तर, अराजकताले कहिलेकाही नयाँ कुरा पनि निकाल्ने बताए । प्रदेश संघ र स्थानीय सरकार जनप्रतिनिधिसगँ जनताको अपेक्षा धेरै रहेको भन्दै जनताले अहिले आक्रोस पोख्नु स्वभावीक हो । तर आफु अहिले काम वाटै उनीहरको आक्रोसको जवाफ दिने गरेको छु । ”
कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गोविन्द सुवेदीले पत्रकार महासंघ केन्द्रले आगामी निवार्चनको मिति घोषणा गरीसकेको भन्दै समयमै निवार्चन गर्नु पर्ने बताए । सरकारको कार्यक्रम योजनाहरु समयमै सम्पन्न गर्ने गरी लाग्नु पर्ने उनको जोड थियो ।
पत्रकार महासंघक कास्कीका सचिव माधव वरालले भाषा शैली सम्वन्धीको तालिमले पत्रकारहरुलाई सधै सजिलो हुने बताए ।
उत्कृष्ठ फिचर लेख्ने पत्रकारलाई नगद सहित सम्मान गरिने
प्रेस क्लब गण्डकीका अध्यक्ष एकराज गिरीले प्रेस क्लब गण्डकीले विभिन्न क्षेत्रमा सामुहिक वहस मुलक कार्यक्रम देखि पर्यटकीय क्षेत्रहको प्रचार प्रसार गर्न कार्यक्रमहरु संचालन गर्दे आइरहेको बताए ।
उनले क्लबको स्थापना दिवसको अवसरमा सामाजिक क्षेत्रमा उत्कृष्ट रुपमा कार्य गरेका संस्था वा व्यक्तिलाई नगद ५० हजार सहित सम्मान गर्ने बताए । आगामी दिनहरुमा ५० हजारको फिचर लेखन कार्यक्रम समेत संचालन गर्ने क्लबको योजना रहेको बताए ।
तालिममा पोखराका क्रियाशिल नयाँ तथा पुराना पत्रकाहरुको सहभागीता रहेको थियो । पत्रकारितामा फिचर लेखन र भाषा शैली वारे अग्रज पत्रकार केशवशरण लामिछाने र वासुदेव मिश्रले प्रशिक्षण दिएका थिए ।
तालिममा सहभागीहरु मध्ये उत्कृष्ट फिचर लेख्ने एक पत्रकारलाइृ आगामी साता नगद १० हजार सहित सम्मान गरिने क्लबका सचिव गौरव त्रिपाठीले जानकारी दिए ।
पर्वत: पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ । गण्डकी प्रदेशको राजधानी पोखरा जोड्ने मुख्य सडक बिग्रँदा यात्रु र सवारी चालकले सास्ती खेप्दै आएका थिए । सडक डिभिजन कार्यालय, पोखराले का...
गण्डकी: पोखरा महानगरपालिकाको १८औँ नगरसभाले पुस मसान्तसम्मको लागि तोकिएको कर छुटको समयावधिलाई आगामी चैत मसान्तसम्म बढाएको छ । राजस्व सङ्कलन प्रणालीमा आएको समस्याका कारण सेवाग्राही मर्कामा...
पोखरा: आज माघ महिनाको पहिलो दिन मनाइने माघे सङ्क्रान्ति पर्व पोखरामा पनि मनाइएको छ । देशभर नै स्नान, जप, तप,ध्यान साधना, दान आदी गरी माघे सङ्क्रान्ति मनाइँदै छ । पोखराको विभिन्न स्थानमा रहेक...

