मलेसियामा टूर अपरेटरसँग टेवानको अन्तरक्रिया

पाेखरा | असार ७, २०८१

मलेसियामा टूर अपरेटरसँग टेवानको अन्तरक्रिया

पोखरा:   पर्यटन व्यवसायी महिला संघ नेपाल ९टेवान० टोलीले मलेसियामा टूर अपरेटरसँग अन्तरक्रिया गरेको छ ।

 

पोखराको पर्यटन प्रवद्र्धनको कार्यक्रम लिएर १० दिनअघि मलेसियासहित विभिन्न देशको भ्रमणमा निस्केको टोलीले बिहीबार मलेसियामा टूर अपरेटरसँगको अन्तरक्रिया गर्दै पोखरा घुम्ने निम्तो दिएको हो । अन्ततक्र्रियामा करिब २५ टूर अपरेटरले भाग लिएका थिए ।
 

टेवान अध्यक्ष कमला गिरीले पोखरा पर्यटनको राजधानी घोषणा भइसकेको जनाउँदै पोखरा र समग्र गण्डकी क्षेत्रको पर्यटकीय सम्भावना, गन्तव्य र अवसरबारे जानकारी दिएकी थिइन् ।

 

उनले नेपाल सर्वोच्च शिखर सगरमाथा र गौतम बुद्धको देश हो भन्दै यहाँ घुम्न निम्तो दिँदै आगामी दिनमा सहकार्यमा जोड दिइन् ।

 

टेवान सचिव शोभा अधिकारी पौडेलले पनि पोखरा घुम्न आउनका लागि निम्तो दिइन् ।

 

टोलीले यसअघि मलेसिया र थाइल्याण्डका राजदूतावासमा छुट्टाछुट्टै अन्तरक्रिया गरेको थियो । मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले पर्यटन प्रवद्र्धनमा महिलाको यो साहसिक कार्य हो भनी प्रशंसा गरे । उनले आगामी दिनमा पनि मलेसियामा हुने कार्यक्रममा सहयोग गर्ने वचन दिए ।

 

थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर ओलीले पोखरा पर्यटनको राजधानी भएकोले प्राकृतिक सुन्दरताको रक्षा गर्नुपर्ने सुझाव दिएका थिए । उनले थाइ सरकारले अपनाएको नीतिबारे जानकारी दिँदै पर्यटकीय गन्तव्यबारे बताए । थाइ नेपाल एसोसिएसनका संरक्षक कुमार कार्की, एनआरएनए थाइल्याण्डका अध्यक्ष भविन्द्रबहादुर बस्नेत लगायतले पोखराको पर्यटन प्रवद्र्धनबारे बोलेका थिए ।  
 

 

अन्तक्र्रियामा नेपाली संघसंस्थाका प्रतिनिधि तथा सरोकारवालाको उल्लेख्य सहभागिता थियो । अध्यक्ष कमला गिरी नेतृत्वको भ्रमण टोलीले मलेसिया, थाइल्याण्डसहित सिंगापुरको भ्रमण गरेको हो ।

 

भ्रमणमा टोलीले नेपाल पर्यटन बोर्डले निर्माण गरेको पर्यटकीय गन्तव्य तथा संस्थाले निर्माण गरेको वृत्तचित्र प्रदर्शन गर्नुका साथै पोखरा चिनाउने प्रचारात्मक सामग्री वितरण गरेको थियो । टोलीले पोखराको प्रबद्र्धनात्मक भिडियो सामग्रीसहित व्यवसायको प्रचारात्मक सामग्री राजदूतावासलाई प्रदान गरेको थियो भने पोखरा घुम्नका लागि आ–आफ्नो देशबाट प्रचार गर्न जोड दिएको थियो ।

 

भ्रमणमा अध्यक्ष गिरीसहित सचिव शोभा अधिकारी पौडेल, सदस्य सरिता बराल क्षत्री, शारदा लम्साल, सदस्य उर्मिला थापा पन्थी, संगीता अधिकारी, संगीता बराल, नीशा बुढा, भगवती खत्री, विनिता अधिकारी बराल, सीता अधिकारी पौडेल, ज्ञानु श्रेष्ठ, सीता कोइराला, रेजिना आचार्य, तारा गिरी, स्पन्दन गिरी र पत्रकार युवराज श्रेष्ठ, युनिस गुरुङ र दुर्गा राना मगर छन् । भ्रमण सकेर टोली स्वदेश फर्किंदैछ । 

चितवन:    सहयोगापेक्षी सडक मानवमुक्त राष्ट्र निर्माण एवं घोषणा वर्ष २०८२ सफल पार्ने लक्ष्यका साथ अभियान बोकेर मेची–महाकाली राष्ट्रिय उद्घार यात्रा–२०८१ मा निस्केको टोली मङ्गलबार चितवन आइपुगे...

थप पढ्नुहोस्

पोखरा:   गत संस्करणको विजेता सांग्रिला क्रिकेट क्लबलाई ११ रनले हराउँदै पोखरा क्रिकेट क्लब सेमीफाइनलमा प्रवेश गरेको छ ।   पोखरामा जारी क्लब स्तरीय एक दिवसीय क्रिकेट प्रतियोगितामा पोखरा क्रिकेट क्लब...

थप पढ्नुहोस्

रौतहट:    केही वर्षयता रौतहटका वन क्षेत्रबाट काठ तस्करी गर्न पिकअप भ्यानको प्रयोग बढ्दै गएको छ । छिटोछरितो हुने भएकाले काठ तस्करहरुले भारतीय नम्बरका साना सवारीसाधनको प्रयोग गर्दै आएको पाइएको छ । ...

थप पढ्नुहोस्