हेमजा भेट्रान्स  कप: वडा ६, १० र २५  क्वाटरफानलमा प्रवेश

पाेखरा | असार ३, २०८१

हेमजा भेट्रान्स  कप: वडा ६, १० र २५  क्वाटरफानलमा प्रवेश

हेमजा:   हेमजा यूनाइटेडको आयोजना जारी अन्तर वडा स्तरीय हेमजा भेट्रान्स कप २०८१ को दोस्रो दिन ३ खेल सम्पन्न भएको छ । 
 

 

वडा  ६ ले वडा१५ लाई २–०  गोल अन्तरले पाराजित गर्दै अन्तिम आठमा स्थान बनायो ।

 

यस्तै वडा १० ले  वडा २० लाई ३–१ गोलले हरायो । वडा २५ ले वडा २९ लाई ५–२ को गोल अन्तरले पराजित गर्दै वडा न ६, १० र २५ क्वाटरफाईनलमा प्रवेश गरेको हो ।

 

असार  ७ गतेसम्म चल्ने अन्तर वडास्तरीय  हेमजा भेट्रान्स कप २०८१ को प्रथम पुरस्कार रु १ लाख १ हजार १ सय ११ र द्धितिय पुरस्कार ५५ हजार ५ सय ५५ रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमणपत्र रहेको छ ।

 

साथै सर्वोकृष्ट खेलाडीलाई नगद रु ५ हजार, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिलडर, फरवार्डलाई प्रत्यक विधामा नगद रु २ हजार साथमा ट्रफी प्रदान गरिने छ  ।
 

 

क्वाटरफाईनल देखिका खेलहरुमा म्यान अफ दि म्याच घोषित गरि ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ  ।                             

पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपमा एपिआई पावर चर्च ब्वाइज युनाइटेड र जावलाखेलबीच दोस्रो क्वाटरफाइनल खेल हुने भएको छ ।   उक्त खेल पोखरा रंगशालामा आज दिउँसो ३ बजे हुनेछ । प्रिक्वाटरफाइनल...

थप पढ्नुहोस्

पोखरा:    सहारा क्लब पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा  प्रवेश गरेको छ ।   पोखरा रंगशालामा आज भएको खेलमा नेपाल पुलिस क्लबलाई पेनाल्टीमा ६–५ गोल अन्त...

थप पढ्नुहोस्

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।   शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमब...

थप पढ्नुहोस्