फुटसलमा एमएम एफसी टिम ‘ए’ च्याम्पियन
पाेखरा | असार २, २०८१
पोखरा: दिव्यज्योति क्लबले पोखरा महानगरपालिका १५ भित्रका क्ललाई लक्षित गर्दै आयोजना गरेको पहिलो संस्करणको फुटसल प्रतियोगितामा एमएम एफसी टिम ‘ए’ च्यामिपयन बनेको छ ।
न्यू एयरपोर्ट फुटसल खेल मैदानमा शुक्रबार भएको फाइनल खेलमा एमएम एफसी टिम ‘ए’ ले टिम एमएम एफसी टिम ‘बि’ लाई पेनाल्टी सुटआउटमा पराजित गर्दे च्याम्पियन बनेको हो ।
च्याम्पियन बनेको टिम ‘ए’ ले नगद रु ३० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे ।
यस्तै उपविजेता बनेको एमएम एफसी टिम ‘बि’ ले नगद रु २० हजार, शिल्ड,मेडल तथा प्रमाणपत्र हात पार्याे ।
सो प्रतियोगितामा पोखरा महानगरपालिका १५ भित्रको कुल २१ टिमको सहभागिता रहेको थियो ।
प्रतियोगिताको विजेता तथा उपविजेताहरुलाई मुख्य प्रायोजक फ्रयाङ्कलिन एजुकेशन कन्सल्टेन्सीका सञ्चालक गंगा बहादुर खड्का, तथा पोखरा महानगरपालिका १५ का जनप्रतिनिधिहरु लगायतले पुरस्कार वितरण गरेका थिए ।
पोखरा: नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा निर्माता एवं अभिनेत्री माया गुरुङले आर्थिक सहयोग गरेकी छिन् । गुरुङ चलचित्...
इटहरी: गोलीसहितको पेस्तोल र केही परिमाणमा लागुऔषधसहित नेपाल प्रवेश गर्नलागेका एक भारतीय नागरिकलाई सशस्त्र प्रहरी बलको टोलीले सुनसरी जिल्लाको कोशी गाउँपालिका–३, जमुवा क्ष...
पोखरा: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार गनेस पौडेलले घरदैलो केन्द्रित संवाद यात्रा अभियानलाई निरन्तरता दिएका छन्। यसअन्तर्गत विहिब...

