सुरौदी खोलामा डुबेर ९ वर्षीय बालकको मृत्यु

पाेखरा | असार २, २०८१

सुरौदी खोलामा डुबेर ९ वर्षीय बालकको मृत्यु Photo: APF

पोखरा:  सुरौदी खोलामा डुबेर एक बालकको मृत्यु भएको छ ।

 

कास्की प्रहरीका अनुसार मृत्यु हुनेमा पोखरा महानगपालिका ३३ बरपौवाका ९ वर्षीय गणेश बिक रहेका छन् ।

 

शनिबारदेखि बेपत्ता भएका बालकको शव कालिका गण मालेपाटनबाट खटिएको विशेष विपद् व्यवस्थापन तथा गोताखेरको टोलीले आज बिहान साढे ८ बजे सुरौदी खोलामा निर्माणाधिन पुलको खाल्डोमा फेला पारेको हो ।

 

सो विषयमा थप अनुसन्धान गरिरहेको कास्की प्रहरीले जनाएको छ ।

 

गत हप्तामा फुस्रे खोलामा डुबेर कुश्मा नगरपालिका पर्वतका २८ वर्षीय विश्वास सुवेदीको ज्यान गएको थियो ।


 

यो पनि पढ्नुहोस

 

        
 

पोखरा:    नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा सहारा क्लब अष्ट्रेलियाका अध्यक्ष सिद्धार्थ पौडेलले आर्थिक सहयोग गरेका छन् ।    व्...

थप पढ्नुहोस्

पोखरा:    नेकपा एमाले कास्की क्षेत्र नम्बर २ का प्रतिनिधि सभा उम्मेदवार रश्मि आचार्यले भूमिहिन र सुकुम्बासीको समस्या समाधानलाई आफ्नो मुख्य प्राथमिकता भएको बताएका छन् ।   उनले आफू निर्वाचित भए...

थप पढ्नुहोस्

पोखरा:     कास्कीको अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रुकमा घान्द्रुक पर्यटन महोत्सव सुरु भएको छ ।   घान्द्रुक पर्यटन व्यवस्थापन समिति र रोधीं क्लब कोँड (घान्द्रुक)को संयुक्त आयोजनामा ब...

थप पढ्नुहोस्