प्रदेशस्तरीय टि–२०: कास्की र तनहुँको लगातार जित

पाेखरा | असार २, २०८१

प्रदेशस्तरीय टि–२०: कास्की र तनहुँको लगातार जित

पोखरा:  गण्डकी प्रदेशस्तरीय टि–२० पुरुष क्रिकेट प्रतियोगितामा कास्की र तनहुँले लगातार जित निकालेका छन् ।

 

पोखरा रंगशालामा जारी प्रतियोगिताको दोस्रो दिन पनि कास्की र तनहुँले आ–आफ्नो खेल जितेका हुन् ।

 

शनिबारको पहिलो खेलमा घरेलु टोली कास्कीले म्याग्दी विरुद्ध सहज ७ विकेटले जित निकाल्दा तनहुँले बाग्लुङ विरुद्ध कठिन जित निकालेको छ । जितका लागि १२४ रनको लक्ष्य पछ्याउने क्रममा अन्तिम दुई बल बाँकी हुँदा तनहुँले जित निकालेको हो ।  

 

पहिलो खेलमा म्याग्दीले टस जितेर ब्याटिङको पारीको सुरुवात गर्दै १८.५ ओभरमा १० विकेट गुमाउँदै ७५ रनमा समेटियो ।

 

कास्कीका कृष्ण पौडेलको धारिलो बलिङमा म्याग्दी चार जनालाई पेभिलियन फर्काए । म्यान अफ दि म्याच समेत रहेका कृष्णले ३.३ ओभरको बलिङ स्पेलमा १७ रन दिएर ४ विकेट हात पारे । म्याग्दीका लागि केशव साउदले २७ बलमा १६ रन बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।

 

म्याग्दीको पारीमा कास्कीले २२ एक्स्ट्रा रन दिएको थियो ।

 

कास्कीका लागि सिब्रिन श्रेष्ठ र विश्वास पराजुलीले समान २–२ विकेट लिए भने विपिन खत्री र आदित्य थापाले १–१ विकेट लिए ।

 

यता कास्कीका लागि जवाफी व्याटिङ गर्दै अर्जुन कुमालले ३१ बलमा ५ चौका प्रहार गर्दै ३६ रन बनाएर नट आउट रहे भने अर्का ओपनर सोहेल कुंवर भने सून्य रनमा आउट भए । तीन बलको सामना गरेका सोहेल आयुष खत्रीको बलमा विशाल आचार्यको हातबाट क्याच आउट भए ।

 

कास्की सिव्रीन श्रेष्ठ १० बलको सामना गर्दै एक छक्का र दुई चौकाको सहयोगमा १६ रनको योगदान दिए भने ११ बल खेलेका रोहित चन्द एक छक्का र एक चौका प्रहार गर्दै व्यक्तिगत २१ रन बनाए । तर आयुष सैंजु भने १ रनमा पेभिलिएन फर्किएका थिए । बागलुङका लागि केशव साउदले १५ रन खर्चिएर २ विकेट लिए ।

 

यता दोस्रो खेलमा टस जितेर तनहुँले बाग्लुङलाई पारीको सुरुवात गर्न निम्तो दियो । बागलुङले पुरै २० ओभर खेल्दै ९ विकेटको क्षतीमा १२३ रन बनायो । बागलुङको पारी सुरुवातमा नै दवावमा पर्यो । ओपनरद्वय अर्जुन रायमाझी १ र किसन सुनार सून्यमा आउट भएका थिए ।

 

तेस्रो क्रममा बागलुङका लागि पारी सम्हाल्दै कप्तान आराश तामाङले ३० बलको सामना गर्दै ५ चौका र एक छक्काको सहयोगमा व्यक्तिगत ३५ रनको योगदान दिए भने चन्द्रदिप यादवले २५ रन बनाए । उनले समान २ चौका र २ छक्का प्रहार गरे । टिमका लागि अनिश जिशीले १६ रनको योगदान दिंदा विवेक नेपालीले १७ रन जोडे ।

 

तनहुँका लागि क्रिश ऐरले ३ ओभरमा १२ रन खर्चिएर २ विकेट लिए भने चन्द्रकान्त पौडेलले २ विकेट लिए ।

 

यता तनहुँ जितका लागि १२४ रन पछ्याउँदा अन्तिम ओभरको चौथो बलमा जितको यात्रा तय गर्यो । खेल १९.४ ओभर सम्म आइपुग्दा तनहुँले ८ विकेट गुमाइसकेको थियो । उपहारको रुपमा तनहुँले २४ रन एक्स्ट्रा पायो भने व्याट्सम्यानहरुले खेलमा १ सय रन जोडेका थिए ।

 

खेलमा म्यान अफ दि म्याच समेत रहेका चन्द्रकान्त पौडेलले टिमका लागि सर्वाधिक २२ रनको योगदान दिए भने सदित्य वञ्जाराले १९ र समिर कंडेलले १५ रन मात्रै जोडे । तनहुँका सदित्य र इशान श्रेष्ठ रिटायर्डहर्ट हुँदै पेभिलिएन फर्किएका थिए । इशानले ३ रन मात्रै जोडे । बागलुङका लागि अश्विन थापाले २ विकेट लिए ।

 

यो जित संगै कास्की र तनहुँले समान ४–४ अंक बटुलेका छन् भने म्याग्दी र बागलुङ जितको प्रतिक्षामा छन् । आइतबार कास्की र तनहुँका बीचमा पहिलो खेल र दोस्रो खेल बागलुङ र म्याग्दीका बीचमा हुनेछ ।

 

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रारम्भिक टिम छनौट समेत रहेको प्रतियोगितामा विजेता टिमलाई नगद पुरस्कार १ लाख र उपविजेता टिमलाई नगद ५० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए ।

 

यसै गरी महिलातर्फ हुने प्रतियोगिता असार ७ देखि १० गते सम्म सञ्चालन हुनेछ ।

खोटाङ:     आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने ‘मुन्दुम ट्रेल’ (पदमार्ग) को थप पर्यटन प्रवर्द्धन गर्न आयोजना गर्न लागिएको ‘मुन्दुम ट्रेल भ्रमण वर्ष–२०२५’ आगामी पुस १७ गत...

थप पढ्नुहोस्

गण्डकी:     शल्यचिकित्सक समाज नेपालको चौधौँ राष्ट्रिय सम्मेलन पोखरामा जारी छ । ‘साउथ एसियन सर्जिकल केयर सोसाइटी’सँगको सहकार्यमा शुक्रबारदेखि सुरु भएको सम्मेलनमा आठ सय बढी सहभागी छन् ।&nb...

थप पढ्नुहोस्

नवलपरासी:    पश्चिम नवलपरासी जिल्ला प्रहरी कार्यालयमा पुस्तकालय स्थापना गरिएको छ । जिल्लाका प्रत्येक प्रहरीलाई अध्ययनशील बनाउन जिल्ला प्रहरी कार्यालयभित्र पुस्तकालय स्थापना गरिएको हो । जिल्ला प्रहरी कार्य...

थप पढ्नुहोस्